मोडालिटी बनाउन तय बनेको कार्यदलमा नेपाली काँग्रेसबाट कृष्ण प्रसाद सिटौला चयन – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

मोडालिटी बनाउन तय बनेको कार्यदलमा नेपाली काँग्रेसबाट कृष्ण प्रसाद सिटौला चयन

नयाँ विकल्प,

काठमाडौं – सत्ता गठबन्धनबीच आगामी निर्वाचनमा सिट बाँडफाँटका लागि मोडालिटी बनाउन तय बनेको कार्यदलमा कृष्ण प्रसाद सिटौला संयोजक चयन भएका छन् ।

सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको हो । कार्यदलका सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सिटौलालाई संयोजक तोकिएको जनकारी दिए । उनका अनुसार अर्को बैठक साउन २६ गते पुनः बस्नेछ ।

कार्यदलमा नेपाली काँग्रेसबाट सिटौला र कार्कीसहित महामन्त्री गगन थापा रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।​

सम्बन्धित समाचार

सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
  • २०७९ श्रावण २३, २०: ३०

काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...

रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
  • २०७९ श्रावण २३, २०: ३०

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई...

संकटमा मिडिया : राष्ट्रिय मिडिया सम्मेलन मार्फत सरकारलाई ८ बुँदे सुझाव
संकटमा मिडिया : राष्ट्रिय मिडिया सम्मेलन मार्फत सरकारलाई ८ बुँदे सुझाव
  • २०७९ श्रावण २३, २०: ३०

रूपन्देही : चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीतिको कडा विरोध गर्दै उक्त नीति तत्काल खारेज गरी समानुपातिक, पारदर्शी...