क्रिकेटर सन्दीप लामिछानेले गरे यस्तो दावी, सात दिनको म्याद थप – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

क्रिकेटर सन्दीप लामिछानेले गरे यस्तो दावी, सात दिनको म्याद थप

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतमा युवती नाबालिका नरहेको दावी गरेका छन् । प्रहरीले सन्दीपलाई सोमबार अदालतमा पेस गरेको थियो ।

अदातलमा सन्दीपले आफु निर्दोष रहेको न्यायाधिस समक्ष बताएको सन्दीपका वकिल एवं अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार युवती १९ वर्षकी भएको र सन्दीपसँगको भेटमा पनि सोही कुरा गरेकी छन् । ‘‘ती युवतीको जन्ममिति दुई वटा रहेछ । इजलासमा उमेरको कुरा पनि भएको छ । सन्दीपले आफूलाई युवतीले बारम्बार १९ वर्ष रहेको बताएको उल्लेख गरेका छन्,’’ वकिल घिमिरेले भने ।

सन्दीपले अदालतमा आफु निर्दोष रहेकोमा ‘कन्फिडेन्ड’ प्रस्तुत गरेको र गोपनियता भंग भएको बारेमा वैकल्पिक उपचारबारे जानकारी लिएको पनि घिमिरेले बताए । वकिल घिमिरेले युवतीको दुई वटा जन्ममिति रहेको पनि बताए ।

सन्दीपलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको छ । अदालतले असोज २० गतेदेखि लागु हुनेगरी हिरासतमा राख्न अदालतले अनुमती दिएको हो । युवतीले भदौ २१ गते सन्दीपविरुद्ध प्रहरीमा बलात्कार आरोपको उजुरी दिएकी थिईन् ।

ती युवतीले भदौ ५ गते आफुलाई गौशाला नजिकको एक होटलमा लगेर बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएकी थिईन् । उजुरीमा उनले आफु १७ वर्ष भएको उल्लेख गरेकी छन् । त्यसपछि भदौ २३ गते प्रहरीले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

लगत्यै नेपाल क्रिकेट संघ ९क्यान० ले सन्दीपलाई कप्तान र राष्ट्रिय टोलीबाट बर्खास्त गरेको थियो । त्यतिवेला विदेशमा रहनुभएकासन्दीपविरुद्ध प्रहरीले डिफ्युज नोटिस समेत जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेको करिव एक महिनापछि गत बिहीबार सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

सोमबार अदालत खुलेकै दिन सन्दीपलाई अदालतमा पेस गरिएको हो । अदालतले सन्दीपलाई असोज २७ गते हाजिर हुने सर्तमा सात दिनको म्याद थप गरेको हो ।

 

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ आश्विन २४, १६: २३

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०७९ आश्विन २४, १६: २३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७९ आश्विन २४, १६: २३

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...