सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने

नयाँ विकल्प,

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामा नै जनताले आवधिक निर्वाचनमार्फत् आफ्नो जनप्रतिनिधि छान्न पाउने भएकाले सरकार प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउने काममा प्रतिवद्ध रहेको पनि पटकपटक दोहोयाए ।

नेपाल प्रेस युनियनले तिहारलगायतका चाडपर्वको अवसर पारेर सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रतामार्फत् जनताको अधिकारलाई स्थापित गराउन पनि सरकार लागि परेको बताए । प्रधानमन्त्री देउवाले जनताको अधिकार सुरक्षित हुने काममा कुन पार्टीले बढि काम गरेको छ भन्ने कुराबारे सञ्चार क्षेत्रले जानकारी गराउनुपर्ने पनि बताए ।

प्रधानमन्त्री देउवाले जनता देशको मालिक भएकाले उनीहरुले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दलहरु चल्नुपर्ने स्पष्ट पारे । प्रधानमन्त्री देउवाले प्रेसले पनि जनतालाई सुसूचित गराउने, जागरण ल्याउने काममा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।

 

 

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७९ कार्तिक ७, २०: २६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७९ कार्तिक ७, २०: २६

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७९ कार्तिक ७, २०: २६

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...