काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियातर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । कोरिया विभाजन भएयता पहिलो पटक दुई देशबीचको समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार भएको हो ।छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र दक्षिण कोरियाली टापु उलुङ्डो नजिकै खस्दा त्यस टापुमा हवाई हमला भएको चेतावनी दिने साइरन बजेको थियो ।
उक्त सानो टापुका बासिन्दाहरूलाई भूमिगत आश्रयस्थलमा जान भनिएको छ । स्थानीय समय अनुसार बिहान ९ बजेतिर प्योङयाङले कुल तीनवटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्रहरू उसको पूर्वी तटतर्फ प्रहार गरेको हो । दक्षिण कोरियाली अधिकारीहरूले तत्कालै ती प्रहारको निन्दा गरेका छन् ।
राष्ट्रपति युन शुक योलले राष्ट्र सुरक्षा बैठक बोलाएका छन् । पछिल्ला प्रहारहरू प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई यसै साता कोरियाली प्रायद्वीप आसपास संयुक्त सैन्य अभ्यासहरू नगर्न चेतावनी दिएको एक दिनपछि भएको हो । उत्तर कोरियाले अभ्यासहरूपछि शक्तिशाली जवाफहरू दिइने धम्की दिएसंगै अमेरिका समेत त्रसित बनेको छ ।
दक्षिण कोरियाली अधिकारीहरूका अनुसार बुधवार बिहान प्योङयाङले कम्तीमा १० वटा क्षेप्यास्त्रहरू पूर्वी तटतर्फ प्रहार गरेको थियो । सोलका जोइन्ट चीफ्स अफ स्टाफले पूर्व र पश्चिमतर्फ प्रहार गरिएका ती विभिन्न खालकाू क्षेप्यास्त्रहरू रहेको भन्दै आफ्ना राष्ट्रपतिले प्योङयाङको पछिल्ला प्रहारहरूमाथि तत्काल प्रतिक्रिया जनाउन आदेश दिएको जनाए । मा पर्छ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको...
काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा...
चितवन । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका तीन स्थानमा ढुंगा र लेदो खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय...