काठमाडौँ । बझाङले प्रदेशसभा क मा हुने उपनिर्वाचनका लागि
नेपाली काँग्रेसले १० जना आकांक्षीको नाम सिफारिस गरेको छ ।
गाडी दुर्घटनामा ज्यान गुमाएका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंहसहितका १० आकांक्षीको नाम प्रदेश समितिलाई सिफारिस गरेको हो ।
सिफारिसमा पर्नेमा सत्यराज भण्डारी, विष्णु कुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्र बहादुर रोकाया, सान्तीकुमारी बोहरा, अर्जुन स्याडाँ र ध्रुवराज उपाध्याय, नारायण हमाल रहेका छन् ।
दुर्घटनामा मन्त्री सिंहको निधन भएपछि निर्वाचन आयोगले अगामी वैशाख १५ गते प्रदेशसभा क मा उपनिर्वाचनको मिति तोकेको छ । त्यसका लागि अगामी २४ चैतमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...