यो वर्षको मदन पुरस्कार ‘उरमाल’ले पायो – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

यो वर्षको मदन पुरस्कार ‘उरमाल’ले पायो

काठमाडौं। यो वर्षको मदन पुरस्कार छुदेन काविमोको उपन्यास उरमालले हात पारेको छ ।आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले ‘उरमाल’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।सभाले पाँच दशकदेखि लोकसंस्कृति क्षेत्रमा सक्रिय प्रेमदेव गिरीलाई ‘लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत’ वर्ष २०८१ सालको जगदम्बा श्री अर्पण गर्ने निर्णय गरेको छ ।

गुठीका अनुसार, मदन पुरस्कार, २०८१ का लागि २९९ पुस्तक प्राप्त भएका थिए । तीमध्ये सात पुस्तक, उरमाल (छुदेन काविमो), छालबाटो कैलाशदेखि गंगासम्म (रमेश भुसाल), दर्ज्य संलाप (कुमारी लामा), पञ्चतत्त्वको पालाम (मनप्रसाद सुब्बा), बहुरूपी (श्रेयज सुवेदी), भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत (सुधीर शर्मा) र हिउँको गीत (तीर्थ गुरुङ)’मदन पुरस्कार श्रेष्ठ सूची २०८१’का निम्ति छनोट भएका थिए ।

सम्बन्धित समाचार

जेन्जी गणेश अस्ताए
जेन्जी गणेश अस्ताए
  • २०८२ भाद्र ६, २१: ०३

-सुन्दर पन्त, नागार्जुन-१०, काठमाडौं निलो क्रान्तिका योध्दाहरु अन्धो छैनौ भने हेर बहिरो छैनौ भने सुन आगोको लप्कामा जलेको गणेशको बारेमा...

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
  • २०८२ भाद्र ६, २१: ०३

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका अमर साधक तथा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध...

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०८२ भाद्र ६, २१: ०३

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...