मेरो रक्षक जीवन धन सत् गुरुदेव कृपालु – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

मेरो रक्षक जीवन धन सत् गुरुदेव कृपालु

कविः माधव साधक परियार

आरती र अन्नपूर्ण सोनु माधव चार ।
ध्यानमा लागेँ बिर्सिदिएँ बाहिरी संसार ।।

चितवनको नारायणघाट तपोभूमि महा ।
ध्यानमा डुब्यौं आनन्दले मस्त भयौं त्यहाँ ।।

हामीहरु पाँच जना मनका पनि थिइन् ।
पाँच पाण्डव भयौं हामी उनले साथ दिइन् ।।

अनकन्टार जङ्गलमा सुनसान राती ।
तेत्तीस कोटी देवता नै भए हाम्रा साथी ।।

ध्यान तपस्या गर्न थाल्यौ हामी विन्द्रा वनमा ।
आनन्दले उन्माद हुन थाल्यो हाम्रो भित्री मनमा ।।

सोचेँ मैले हामी साह्रै परम भाग्यमानी ।
ब्रम्हज्ञानी आत्मज्ञानी हामी दिब्य ज्ञानी ।।

तपोभूमि बृन्दावन हो लिला गर्ने ठाउँ ।
श्रीकृष्ण र गोपिनीको धेरै के बताउँ ।।

श्रीकृष्ण र हामीहरुमा फरक छैन केही ।
नाम मात्र विभिन्न हो फरक प¥यो यही ।।

दुई हजार चौहत्तर साल फागुन १३ थियो ।
सम्झनाको क्षण यत्रालाई कविता बनाइदियो ।।

त्यो यात्रामा अनिता र सीमा पनि थिए ।
जीवन विज्ञानका मित्रहरुले सक्दो साथ दिए ।।

जीवन विज्ञानका मित्रहरु सबै थिए साथमा ।
माधवलाई महसुस भयो गुरुदेव परमात्मा ।।

जिन्दगीमा अनन्त शान्ति त्यो यात्रामा पाएँ ।
हरि गुरु चिन्तन गर्दै आँशु नै बहाएँ ।।

सत् गुरुदेव कृपालुलाई भन्छु जय जय ।
मेरो रक्षक जीवनधनले गर्नुहुन्छ दय ।।

सम्बन्धित समाचार

जेन्जी गणेश अस्ताए
जेन्जी गणेश अस्ताए
  • २०७४ फाल्गुन २१, ०८: ३५

-सुन्दर पन्त, नागार्जुन-१०, काठमाडौं निलो क्रान्तिका योध्दाहरु अन्धो छैनौ भने हेर बहिरो छैनौ भने सुन आगोको लप्कामा जलेको गणेशको बारेमा...

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
  • २०७४ फाल्गुन २१, ०८: ३५

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका अमर साधक तथा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध...

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०७४ फाल्गुन २१, ०८: ३५

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...