कोहीले आफ्नै घरमा आगो लगाउँछन् – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

कोहीले आफ्नै घरमा आगो लगाउँछन्

कविता

कविः माधव साधक परियार


आफ्नै घरमा आगो लगाउने मानिस पनि हुन्छन् ।
चेतनाको कमीले गर्दा धरु धुरु रुन्छन् ।।

पहिले सोच्या भएदेखि रुनु पर्ने थिएन ।
अहंकारले बुद्धि भुट्यो केही सोच्नै दिएन ।।

म¥या बाघको जुँगा तन्न सक्छन् जसले पनि ।
जिउँदो बाघको मुखमा हात हाल्न सक्नुपर्छ त नि ।।

त्यस्ता मानिसलाई भन्छन् साहसी हिम्मतदार ।
त्यस्ताले विकास गर्छ बदल्छ संसार ।।

घरमा आगो लगाउनेलाई पुरस्कार खरानी ।
मात्रै पाउँछ बास बस्नलाई कसको घरमा जानी ।।

आफैंलाई धक्का लाग्छ खुट्टा तान्ने बानी ।
सोच्नुस् पहिले रोएर नै बित्ला जिन्दगानी ।।

पहिवारकै खुट्टा तानी केही फाइदा छैन ।
बेला छँदै सोच्ने गर्नुस् राम्रो बानी हैन ।।

दुई हजार चौहत्तर साल फागुन महिना थियो ।
खुट्टा तानी पछार्न खोज्नेको आँखा खोलिदियो ।।

मानिस भै जन्मेपछि सबैका हित गर्नु राम्रो ।
चेतनशील सर्वश्रेष्ठ मानिस जीवन हाम्रो ।।

हित गर्न सक्दैनौ भने नपु¥र्यादेउ हानी ।
देव दुर्लभ मानिस नै हो सफल जिन्दगानी ।।

सम्बन्धित समाचार

जेन्जी गणेश अस्ताए
जेन्जी गणेश अस्ताए
  • २०७४ चैत्र ५, ०८: ५२

-सुन्दर पन्त, नागार्जुन-१०, काठमाडौं निलो क्रान्तिका योध्दाहरु अन्धो छैनौ भने हेर बहिरो छैनौ भने सुन आगोको लप्कामा जलेको गणेशको बारेमा...

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
  • २०७४ चैत्र ५, ०८: ५२

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका अमर साधक तथा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध...

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०७४ चैत्र ५, ०८: ५२

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...