सिमा हराएको देश – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

सिमा हराएको देश

सुशीला अंगाईं

गमक्क फुलेकी वृक्षको कापमा सुनगाभा
लहरिँदै स्वर्णिम आभामा
वनेली पाखाभरि
छाएको सुगन्धको लहर
बट्टेदार, कोमल बान्की
देखेर मनमोहक माधुर्यको थुँगा
अनि, चुँडाल्न पत्रपत्र
कहिले चल्छ हुरी मडारिएर
बेतोडसँग दक्षिणबाट
बारम्बार चिहाउँछ उत्तर
शान सगरमाथाको
नियाली रहन्छ शिखर सौदामिनी
बकु ध्यानमा मग्न छन्
प्रिय दुई मित्र असला मीनको सुनेर
ताल तरंग चिहाइरहेछन्
बारबार बसेर समीपमा
घात र प्रतिघातको
बल्छी बुनेर प्रहार गरिरहन्छन्
इशाराले आलोपालो
स्वार्थको वेदीमा
पाइला राख्दै झार्दैै गर्ने
काला धमिला मनहरु
बोक्छन् यहाँ खोक्रो राष्ट्रप्रेमको झण्डा
गाए जस्तै गर्छन् देशभक्तिको गाथा
कसरी जोगाउनु खै तिमीलाई ?
बारम्बार बेरेको सन्धी र सम्झौताको जालो
कतिखेर च्यातिन्छ पत्तै नपाई
न्यानो मुटुभरि साँचेको तिम्रो ममता
हृदयमा हर्दम बोलीरहेकी तिमी
उध्र्वगामी प्रेरणा
चैतन्यको शिखर लिम्पिया
बेरिएर ऋतुहरुको अँगाालोमा
थरीथरीका भाका सुसेल्थ्यौ
काली चञ्चला व्युँझेर प्रातःमा एक्कासि देख्दा
तिमीलाई पल्लोघरको आँगनीको डिलमा
संवेदनाको आकाश गल्र्याम्म खसेझैँ
आहात् बनेको छ मुटु
रुप माधुर्य स्वर्गीय उपवनको
छायाँ छदममा छल्किएकी
प्याला लिएर पियूषको
नन्दन वनमा मुस्कुराएकी
मृदुलभाषिनी सुकोमला
तिम्रो सुन्दरता अहोभाग्य भनूँ कि दुर्भाग्य
पिरोलिरहन्छ कुटील नजर, दृष्टिपात
भइरहँदा बारम्बार
कसरी जोगाउनु तिमीलाई खै ?
पुर्खाले आज्र्यको सिन्धु संग्राममा
गर्जेर घनघटाझैँ
टेकेर खुकुरीको धारमा
गोरखाली शान र गौरवले
समर्पण गरेर आँफैलाई
होमेर बलीवेदीमा
स्वर्णिम अक्षरले कुँदेको इतिहास
पुर्खाको नासो
भोलिका सन्तानलाई देखाउने तिम्रो धोको
बस्, पहिरिएको छ
माटाविहीन भएको छ सिमाना
बाटो हराएको छ यात्रीको
डील ढलेको छ आँगनीको
हराएको छ पानीपँधेरो
खण्डहर हुँदा मानचित्रबाट
सारिँदा सुस्तरी जंगेपिलर
हराउँदा सुस्ता र नालापानी
अनि लिपुलेक र कालापानी
आहात् बनेको तिम्रो मलीन मुहार
कसरी हेरुँ बिडम्वनाको कालो बादलले
छपक्क छोपेको छ नयन
विवश छ मन, मुटु
बस्, बगेको छ परेली ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७६ मंसिर ३०, ०६: ४७

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ मंसिर ३०, ०६: ४७

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७६ मंसिर ३०, ०६: ४७

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...