कविता: मेरो प्रिय भरत सर – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

कविता: मेरो प्रिय भरत सर

कविः माधव साधक, परियार

 

 

बिरालोको बच्चा होइन हुँ म व्यक्ति महान् ।
विवेक चेतना ज्ञान बुद्धि छ नि ब्रम्ह ज्ञान ।।

रोबर्ट ठानेँ निरीह ठानेँ, ठानेँ बिरालोको बच्चा ।
ठाउँ सारिरहे मलाई सोचे मलाई कच्चा ।।

सीधा कुरा प्रष्ट विचार राख्ने व्यक्ति हुँ म ।
डराउँदिन कोहीसँग शक्तिशाली छु म ।।

बिना प्रमाण लेख्दिन म लेख्छु प्रमाण दिएर ।
बोध विज्ञान लय विज्ञान प्रमाण हुन् मेरा ।।

सत्य कुरा देख्न बुझ्न लय विज्ञान गर्नैपर्छ ।
प्राप्त गर्छ ब्रम्ह ज्ञान जसले अघि सर्छ ।।

जीवन विज्ञान आइकन विज्ञान गर्नुस् बरु ।
स्वयम् प्रमाण बन्नुहुन्छ चाहिँदैन केही अरु ।।

गोर्खाली योद्धा हुँ म सत्य कुरा गर्छु ।
सबैसँग विनम्र प्रेमले सबै आफ्नै पार्छु ।।

यो कविता लेखेको छु गोर्खालीकै लागि ।
विश्वको हित गर्नलाई बनिसकेँ त्यागी ।।

साथ मलाई दिनुहुन्छ मेरो भरत सरले ।
कसले हेप्ने कसले पेल्ने अब मलाई अरुले ।।

सिट्ठी फुक्दै पार्किङ्गमा भातको हाल्छु गाँस ।
गोर्खाली नै मेरी आमा बनिसकेँ दास ।।

माधव र बलराममा फरक छैन केही ।
उहाँको आर्शिवाद पाएँ खुशी लाग्यो यही ।।

विश्वको नै शुभचिन्तक माधव हो नाउँ ।
भरत भन्नु भगवन नै हो हे ईश्वर साथ पाउँ ।।

सम्बन्धित समाचार

जेन्जी गणेश अस्ताए
जेन्जी गणेश अस्ताए
  • २०७४ पुष १०, ०९: ०२

-सुन्दर पन्त, नागार्जुन-१०, काठमाडौं निलो क्रान्तिका योध्दाहरु अन्धो छैनौ भने हेर बहिरो छैनौ भने सुन आगोको लप्कामा जलेको गणेशको बारेमा...

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
  • २०७४ पुष १०, ०९: ०२

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका अमर साधक तथा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध...

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०७४ पुष १०, ०९: ०२

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...