बिदेशबाट फर्किएकाको होटल क्वरेन्टाईनः चार छाक सादा खाना, शुल्क १५ सय देखि ९ हजार – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

बिदेशबाट फर्किएकाको होटल क्वरेन्टाईनः चार छाक सादा खाना, शुल्क १५ सय देखि ९ हजार

नयाँंविकल्प
काठमाडौ– सरकारले बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले बिदेशमा अलपत्र परेका नेपालीहरुलाई शर्त सहित स्वदेश ल्याउने निर्णय गरेको छ। सो निर्णय अनुसार अनिवार्य पीसीआर रिपोट नेगेटिभ भएको हुनुपर्ने, एक साता सम्म होटलमा आफ्नै खर्चमा क्वारेन्टाईन बस्नु पर्ने लगायतका शर्त तोकेको छ।


त्यसका लागि पर्यटन मन्त्रालयले होटल एसोसियसनसंग समेत यस बिषयमा छलफल गरेको छ। जस अनुसार पाँच तारेदेखि लिएर पर्यटक होटल सम्मको मापदण्ड बनाएको छ। तोकेको शुल्क लिएपछि उनीहरुका लागि बिहान, दिउसो, साँझ र बेलुका चार छाकको ब्यबस्था गर्नुपर्ने छ।

तर यो चार छाकमा मासु समावेश नभएको हानका टेक महतले जानकारी दिए। चारै छाक भेजमा चित्त बुझाउनु पर्ने छ। यदि मासु खानु परे क्वरेन्टाईन बस्नेले त्यसको थप शुल्क तिर्नुपर्ने छ।
आफु कुन होटलमा बस्ने भन्ने बिषय स्थानीय प्रशासन समक्ष बिदेशबाट आएकाले जानकारी गराउनु पर्ने छ।

त्यसपछि स्थानीय प्रशासनले सम्बन्धित होटल बुक गरीदिने छ। होटलमा बस्न नसक्नेहरुका लागि सरकारले तोेकेको अन्य क्वारेन्टाईनमा बस्नुपर्ने छ। उनीहरुका लागि सबैभन्दा महंगो पाँचतारे होटलका लागि दैनिक ९ हजार र सबैभन्दा तल्लो पर्यटकीय होटलका लागि १५ सय तोकिएको छ। एउटा कोठामा दुईजना सम्म बस्न मिल्ने सरकारले जनाएको छ।

सम्बन्धित समाचार

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ भाद्र ५, १६: ३०

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...

थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
  • २०७७ भाद्र ५, १६: ३०

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ...

भोटेकोशी बाढी : एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
भोटेकोशी बाढी : एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
  • २०७७ भाद्र ५, १६: ३०

काठमाडौं : रसुवास्थित भोटेकोशीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको...