२६ किलो अफिमसहित पाँच जना पक्राउ – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

२६ किलो अफिमसहित पाँच जना पक्राउ

नयाँ विकल्प,

काठमाडौं- कर्णाली प्रहरीले दुइ फरक स्थानबाट २६ केजी अफिम सहित पाँचजनालाइ पक्राउ गरेकाे छ । प्रहरीका अनुसार  जाजरकोट नलगाड नगरपालिका-२ छेप्कास्थित सडकबाट करिब १० किलो लागूऔषध अफिम बरामद भएकाे छ ।

प्रहरीले लगाड नगरपालिका-३ बस्ने ४२ वर्षीय मन बहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका-५ बस्ने ५५ वर्षीय हरिचन्द्र डाँगी लाइ १० केजी अफिम र ५१ हजार ९ सय ६० रुपैयाँ नगद सहित नियन्त्रणमा लिएकाे जनाएकाे छ । कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले गाेप्य सुचनाकाे अाधारमा चेकजाच गर्दा अफिम सहित फेला पारेकाे जनाएकाे छ । प्रहरीले उनिहरूलाइ शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

त्यस्तै रुकुम प्रहरीले १६ केजी अफिम सहित तिनजनालाइ नियन्त्रणमा लिएकाे छ । प्रहरीका अनुसार रूकुम (पश्चिम), आठबिसकोट नगरपालिका-५ जलिगार्डबाट १६ किलो लागूऔषध अफिम सहित जाजरकोट नलगार्ड नगरपालिका-९ बस्ने ३७ वर्षीय प्रेम बहादुर सिंह लगायत ३ जना पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरूलाई शनिबार बेलुका नियन्त्रणमा लिएकाे रूकुम प्रहरीले जनाएकाे छ । कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्यूरो र जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) बाट खटिएको प्रहरीले उक्त अफिम सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

            यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ भाद्र २१, १३: ११

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ भाद्र २१, १३: ११

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...

प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
  • २०७७ भाद्र २१, १३: ११

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...