आइतबार थपिए काेराेनाका ९ सय ८० संक्रमित ९ जनाकाे मृत्यु – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

आइतबार थपिए काेराेनाका ९ सय ८० संक्रमित ९ जनाकाे मृत्यु


नयाँ विकल्प,


काठमाडाैं- आइतबार थप ९ सय ८० जनामा कोरोना संक्रमण थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

याे संगै हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालका आइसोलेसनबाट डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेकाे छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयका जनाएकाे छ । विगत २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म ७ लाख ६८ हजार ३४५ जनाको पिसिआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ९ मृतकमा कोरोना पुष्टि भएको छ। हालसम्म कोरोनाबाट २८९ जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
  • २०७७ भाद्र २१, १६: ४१

काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा...

कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
  • २०७७ भाद्र २१, १६: ४१

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७७ भाद्र २१, १६: ४१

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय...