कोरोनाले पछिल्लो २४ घण्टामा आठको निधन, एक हजार पाँच सय ३९ नयाँ संक्रमित थपिए – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

कोरोनाले पछिल्लो २४ घण्टामा आठको निधन, एक हजार पाँच सय ३९ नयाँ संक्रमित थपिए

नयाँ विकल्प,
काठमाडौं – कोरोनो भाइरस संक्रमणका कारण नेपालमा थप आठ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या तीन सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरानाका थप एक हजार पाँच सय ३९ जना नयाँ संक्रमित थपिएका छन् । योसहित कोरोना संक्रमितको संख्या ५८ हजार तीन सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार दुई सय ४२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप एक हजार ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार सात सय ६ पुगेको छ ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७७ भाद्र ३१, १६: ५८

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७७ भाद्र ३१, १६: ५८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७७ भाद्र ३१, १६: ५८

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...