असफलता छोप्न प्रदिप ज्ञवालीका कस्मेटिक प्रोपोगाण्डा ! – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

असफलता छोप्न प्रदिप ज्ञवालीका कस्मेटिक प्रोपोगाण्डा !


अहिले सामाजिक संजालमा एक जना व्यक्तिको निकै चर्चा छ, उहाँ हुनुहुन्छ भर्खरै परराष्ट्र मन्त्रीबाट बहिर्गमन हुनु हुएका प्रदिप ज्ञवाली। बहिर्गमन पश्चात उहाँले सार्बजनिक गर्नु भएको सम्पत्ति विवरणलाइ लिएर उहाँको प्रशंसासहित सामाजिक संजाल रंगिएको छ।

तर, मेरो भने यो बिषयमा अलिक फरक धारणा छ। प्रचण्डले सार्बजनिक गरेको आफ्नो सम्पत्ति विवरण १ कट्ठा जमिन र ३ तोला सुनमा हामी कसैलाई बिश्वास नलागे जस्तै मलाई पनि प्रदिप ज्ञवालीको सम्पत्ति विवरणमा रत्तिभर बिश्वास लागेन। बिश्वास नलाग्नुका केहि कारण छन्, जुन म यहाँ उल्लेख गर्न चाहन्छु्।

प्रदिप ज्ञवालीको राजनीति २०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचार गरेको आरोपमा काशिनाथ गौतम र मोहनसिंह थापा जस्ता आन्दोलनकारी नेताहरुलाई कालोमोसो दलेर शुरु हुन्छ।

२०५३ सालमा हालका अर्थ मन्त्री बिष्णु पौडेलसँगै उहाँले पनि बुटवलमा सुकुम्बासीको नाममा जग्गा लिनु भएको थियो।

कुनै बिशेष योग्यता र शैक्षिक प्रमाणपत्र बिना केपी ओलीको निगाहमा पटक पटक मन्त्री बन्न सफल भए पनि उहाँले गरेको उल्लेखनीय काम आजसम्म केहि पनि देखिएको छैन।

अन्तिम पटक केपी ओलीको आशिर्बादमा परराष्ट्र मन्त्री भए पनि भारतीय खुफिया संस्थाको प्रमुख सामन्त गोयलको सिधै प्रधानमन्त्रीसँग रातिको समयमा ३-४ घण्टा भेट्ने र भेटाउने कार्यले परराष्ट्र मन्त्रीको भूमिकामा प्रदिप ज्ञवाली अत्यन्त निरिह र कमजोर देखिनु भयो।

उनै गोयलको निर्देशनमा संसद बिघटन गर्ने, अध्यादेश मार्फत नागरिकता बिधेयक जारी गरि विदेशीलाई नागरिकता दिने बाटो खोल्ने, चुरे क्षेत्र तहसनहस गरि गिट्टी बालुवा बेच्ने कुरामा केपी ओलीसंगै उहाँ पनि मतियार बन्नु भएको छ।

परराष्ट्र मन्त्री भएर आफ्नो मन्त्रालयमार्फत र कुटनीतिको मध्यमबाट कोरोना बिरुद्दको खोप अनुदान मार्फत वा किनेर भए पनि ल्याउने भूमिकामा पनि उहाँ पूर्ण असफल हुनु भएको छ। उहाँले आफ्नो भूमिका निर्बाह गर्न नसकेका कारणले नै राष्ट्रपति आफैले पहल गर्न परेको हो।

परराष्ट्रमा काम गरेका दिग्गज व्यक्तिहरु हुदै नभए झैँ कुटनीतिको क समेत नजानेका व्यक्तिलाई राजदूत नियुक्त गर्दा कुनै आर्थिक लेनदेन छैन भन्ने कुरा बिश्वास गर्नै सकिन्न। अनि ३ बर्ष मन्त्रि हुँदा पनि आफ्नो सम्पत्ति ४-५ लाख मात्र थपिएको तर्क हास्यास्पद लाग्छ।

पार्टी लामो समय योगदान गरेका साथीहरुलाई तिरस्कृत गरि एमाले पार्टी विभाजनको निम्ति बाध्य पार्ने भूमिकामा पनि प्रदिप ज्ञवाली केपीको किचन क्याबिनेटका प्रमुख पात्र हुन।

सामाजिक सुरक्षा कार्यक्रम अनाबश्यक तडक भडक र तामझाम पूर्ण भए पनि श्रम मन्त्रीको रुपमा गोकर्ण बिष्टले राम्रो काम गरेका थिए तर आफ्नै जिल्लाका साथी आफुभन्दा लोकप्रिय होलान भन्ने डरले प्रदिप ज्ञवालीले उनलाई केपी ओलीसँग बिन्ति गरि मन्त्रीबाट हटाउन लगाए।

गुल्मी जिल्लामा हुने हरेक ठेक्का पट्टाको काम बिनाप्रतिस्पर्धा आफु नजिकका व्यक्तिलाई मात्र सुम्पिने प्रवृत्ति देख्दा उहाँले सत्ता र शक्तिको दुरुपयोग कसरि गर्नु हुन्छ भन्ने स्पस्ट छ।

शालीन शान्त र मिठो बोलि एवं सामान्य गाउँले जस्तो देखिने उनको अनुहारले केहि समय कस्मेटिकको काम गरेता पनि प्रदिप ज्ञवाली स्वच्छ र निस्कलंक छैनन्।

उनको समग्र भूमिकाको विश्लेषण गर्दा उनी अत्यन्त असफल, अयोग्य, नालायक, भ्रस्ट र राष्ट्रघाती कामका मतियार हुन भन्ने कुरा घाम जस्तै छर्लंग छ।

ईश्वरी शर्मा,गुल्मी
हाल,नंया बानेश्वर,काठमान्डौं।

सम्बन्धित समाचार

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७८ जेष्ठ २२, २२: २४

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७८ जेष्ठ २२, २२: २४

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

उदयपुर जिल्लाको कांग्रेस इतर समूहको सभापतिमा बस्नेत
उदयपुर जिल्लाको कांग्रेस इतर समूहको सभापतिमा बस्नेत
  • २०७८ जेष्ठ २२, २२: २४

उदयपुर । उदयपुर जिल्लाको नेपाली कांग्रेस इतर समूहको जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।...