
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा तथा प्रमुख अतिथि इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका निर्देशक प्रो.भी.रामगोपाल रावको उपस्थितिमा सम्पन्न भएको हो ।
दीक्षान्त समारोहमा त्रिविमा अध्ययन अनुसन्धान गरी २०७७ असार १ देखि २०७८ जेठ ३२ सम्म ट्रान्सक्रिप्ट लिई ५९ औँ गे्रसलिष्टमा समावेश भएका २९ हजार ७ सय २९ मध्ये विद्यावारिधी र एमफिलमा उर्तिण विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
समारोहमा प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभइ व्यवहारिक, जीवनोपयोगी र समाज विकासको रूपान्तरणमा सहयोगी हुनुपर्ने धारणा व्यक्त गरे । मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, नवप्रवर्तनशिल र युग सुहाँउदो वैज्ञानिक र प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन विश्वविद्यालयलाई आग्रह गरेका थिए ।
त्यस्तै दीक्षान्त समारोहका प्रमुख अतिथि इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका निर्देशक प्रो.भी.रामगोपाल रावले ४७ औँ दीक्षान्त समारोहबाट दीक्षित विद्यार्थीहरूमा सफलताको कामना व्यक्त गर्दै देशको रूपान्तरण र आफूले अध्ययन गरेको संस्थाको गरिमा बढाउन आग्रह गरे ।
त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले देशको आर्थिक तथा सामाजिक विकासमा उच्च शिक्षाको महत्त्वपूणर् भूमिका रहेको र उच्चशिक्षाको प्रमुख मियोको रूपमा त्रिविले आर्थिक/सामाजिक रूपान्तरणमा प्रभावकारी र सशक्त भूमिका निर्वाह गर्दै आएको बताए ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...