प्रजातन्त्रमा विकल्पहरु खोज्न सक्नुपर्छ, सिद्धान्तलाई हानि नपुर्याई – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

प्रजातन्त्रमा विकल्पहरु खोज्न सक्नुपर्छ, सिद्धान्तलाई हानि नपुर्याई

१.प्रजातन्त्रको पर्यायवाची शब्दको रुपमा रहेको नेपालको पुरानो दल नेपाली कांग्रेस आफ्नो १४आँै महाधिवेशनको तयारीमा छ । चार चार वर्षमा हुनुपर्ने महाधिवेशन विना कारण म्याद थपियो र थपिएको म्यादभित्रै कोरोना कहर सुरु भयो ।

फागुनमा म्याद थपियो एकवर्षका लागि अनि चैत्रको पहिलो हप्तादेखि सुरु भएको कोरोना कहर अहिले पनि बैँसमा छ र संक्रमितहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

२. नेपालको संविधानले ५ वर्ष ६ महिनाको समयसीमा तोकेको छ एउटा दलको निर्वाचनको लागि । सत्तारुढ नेकपा(नेकपा)को अवस्था पनि तत्काल निर्वाचन गर्नसक्ने अवस्थामा छैन तर त्यो दल दुईओटा दल मिलेर बनेकोले समय तदर्थलाई पनि बाँकी छ जवकि आगामी चैत महिनाको अन्तसम्ममा महाधिवेशन गर्ने भनेर स्थायी समितिले फेरि पनि प्रस्ताव पारित गरेर सचिवालयलाई भनेको छ ।

अर्थात् सत्तारुढ दल पनि महाधिवेशनको तयारीमा छ र विपक्षी दल नेपाली कांग्रेस पनि आफ्नो महाविधवेशनको तयारीमा छ । यो कोरोनाको महामारीकै बिचमा कति तयारी सम्भव होला भनेर पनि सोच्न थालिएको छ र यही असोज १९ गते बस्ने केन्द्रीय समितिको बैठकले यसवारेमा ठोस निर्णय गर्ला भन्ने राजनीतिक पर्यवेक्षकहरुले अनुमान गरेका छन् ।

३.अनि अनुमान के पनि छ भने संविधानले दिने अन्तिम अवसरको पनि पछिल्लो मितिमा महाधिवेशन गर्ने भन्ने पनि हल्ला चलिरहेको छ ।

अनि बिहेको अलमलमा केटी माग्न बिर्सेको जस्तो निर्वाचनमा कुन पदमा को उठ्ने भन्ने हल्ला र अन्तर्वार्ताले पत्रिका तथा अनलाइनहरु रंगिएका देखिन्छन् । सर्वप्रथम त आफ्नो संगठन बलियो बनाउने अनि निर्वाचन त एउटा प्रक्रिया हो नेतृत्व छान्ने ।

त्यो अवश्यंभावी छ र सहज तरिकाले त्यो सम्पन्न हुुनुपर्छ । तर त्यस्तो देखिएको छैन । पहिले त महाधिवेशन नै कहिले हुने भन्नेमा अन्यौल देखिन्छ एकातिर भने अर्कोतिर कुनै तयारी नै देखिँदैन ।

४.देश हाँक्ने पार्टीले आफ्नो महाधिवेशनको वैकल्पिक उपाय निकाल्न सक्देन र ? तत्काल विधान संशोधन गरेर भए पनि आपदकालको व्यवस्थापन गर्न सकिँदैन र ? अब कुनै प्रश्न सोध्ने कारण नै रहेन पोहोर सजिलो बेलामा किन भएन महाधिवेशन ?

अब यो संक्रमणकालमा त्यस्तो उपाय निकाल्नुपर्छ जसले नेपाली कांग्रेसको प्रजातान्त्रिक छविमा पनि कुनै नकारात्मक प्रभाव नपारोस् र यही दलले मात्र प्रजातन्त्रको सुरक्षा गर्न सक्छ भनेर आस्था गर्ने आम नेपाली मतदाताको मन पनि नकुँडियोस् ।

५. यसको लागि फागुनको महिनामा नै गर्नुपर्छ । नभए २०७८सालको वैशाख कटाउनु हुँदैन । त्यही समस्याले संविधान घोषणा अत्यन्त जरुरी भएको थियो २०७२साल असोजको पहिलो हप्तामा ।

त्यो बेला भनेको संविधान पनि आवश्यक थियो, संविधानले दिने ६ महिनाको पनि जरुरत थियो । अहिले त्यो अवस्था सृजना गर्नु हुँदैन । आपसमा सल्लाह गरेर सर्प पनि मर्ने अनि लौरो पनि नभाँचिने दुर्लभ तरिका पत्ता लगाउनु जो पर्छ ।

६. र अन्त्यमा, आन्तरिक प्रजातन्त्रले मात्र बाहिर प्रजातन्त्रको महत्वलाई त्यो दलले कति आत्मसात् गरेको छ भनेर मानिन्छ । अहिलेसम्म जेजे गल्ती भएका भए पनि अब सच्चिने गरी महाधिवेशनको तयारी गरिनु पर्छ र कांग्रेस भनेको सधैँ भाँडभैलो गर्ने दल हो भन्ने नपारी प्रजातन्त्रको पक्षमा आफूलाई फेरि पनि लैजान नयाँ माहौल तयार गर्नुपर्छ ।

जो पदमा भए पनि त्यो सामान्य कुरा हो तर प्रजातन्त्रलाई सदैव काँधमा बोकेर र सदैव प्रजातन्त्रका लागि संघर्ष गर्ने दलको छवि प्रजातान्त्रिक नै हुनपर्छ र होओस् ।

समय भिड्काएर पार्टीलाई नै दलदलमा र संकटमा फसाउने काम हुने छैन भन्ने आप प्रजातन्त्रवादीको चाहना छ भन्ने पर्यवेक्षकहरुको धारणा छ । अरु त सबै जानिफकारहरु त त्यही दलमा छन् ।

तर बेलामा नबोल्ने अनि समय सिद्धिए पछि मैले त भनेकै हो भन्नेहरुको पनि त्यहाँ कमी छैन । दुनियाँलाई स्वतन्त्रताको पाठ सिकाउनेहरुले आफ्नो स्वतन्त्रताको पनि ध्यान राख्नेछन् र ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न सक्नेछन् भन्ने आशा गरौँ ।

सम्बन्धित समाचार

हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
  • २०७७ आश्विन १३, १३: ५०

  १. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...

यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
  • २०७७ आश्विन १३, १३: ५०

  १. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...

पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
  • २०७७ आश्विन १३, १३: ५०

काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...