वीपीको सिद्धान्त, निष्ठा र चरित्र अनुसार देशव्यापी रुपमा युवाहरुले सांगठानिक भूमिका निभाउनुपर्छ – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper
युवा आवाज

वीपीको सिद्धान्त, निष्ठा र चरित्र अनुसार देशव्यापी रुपमा युवाहरुले सांगठानिक भूमिका निभाउनुपर्छ

यहाँ राजनीतितिर कहिलेदेखि आकर्षित हुनुभयो ?
म विद्यार्थी कालदेखि नै नेपाली काँग्रेसप्रति झुकाव राख्थेँ । नेपाली कांग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीतिक करियर सुरु गरेँ । नेविसंघको कपिलवस्तुको जिल्ला सभापति भएँ । कपिलवस्तु बहुमुखी क्याम्पसको स्ववियु सभापति भएँ ।

अहिले नेपाली कांग्रेस कपिलवस्तु–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष छु । यसैगरी मेरो राजनीतिक यात्रा अगाडि बढिरहेको छ ।

कपिलवस्तुमा कोरोनाको प्रभाव कस्तो ?
यहाँ कोरोनाको खासै प्रभाव देखिँदैन । मानिसहरु सामान्य अवस्थामा हिडडुल गरेको भेटिएको छ । तर, कोरोनाको प्रकोप देशव्यापी रुपमा देखिइरहेको छ । कपिलवस्तुमा पनि छिटफुट रुपमा कोरोनाका केसहरु आइरहेका छन् । नागरिकहरु कोरोनाको संक्रमणबाट कसरी जोगिन सकिन्छ भनेर व्यक्तिगत रुपमा सचेत भएको पाइन्छ ।

तपाईंहरु राजनीतिकर्मी भएकाले छरछिमेकमा कस्तो खालको सरसल्ला दिनुहुृन्छ ?
हामीले सल्लाह दिनुभन्दा पनि कोरोनाबाट जोगिनको लागि जनतालाई कसैले सिकाउनुपर्ने आवश्यकता देखिँदैन । यो रोगको संक्रमण कत्तिको संवेदनशील छ भन्ने कुरा सबैले बुझिसकेका छन् ।

मान्छेहरु आफै जोगिएर हिडेको देखिन्छ । त्यसमा हामी पनि भन्छौं, ‘हामीले आफ्नो व्यवहार धानेर कोरोनासँगै बाँच्नुपर्ने अवस्था छ । त्यसकारण यसबाट जोगिनको लागि आफ्नो सुरक्षा आफैले गर्नुपर्छ’, भनेर ।

काठमाडौंको अवस्था भयावह भइसकेको छ, फेरि लकडाउन गर्दा उचित हुन्छ ?
यो भाइरसबाट जोगिन लकडाउन विकल्प होइन । प्रत्येक नागरिकमा यसको चेतना फैलाउन सक्नुपर्छ । त्यसमा हामीले पनि गर्नुपर्छ । राज्यले नागरिकमा चेतनामुलक कार्यक्रम ल्याउनुपर्छ । यसमा आमनागरिक, सरोकारवाल सबैले चुतना जगाउनुपर्छ ।

कोरोनाबाट जोगिने आफूले आफैलाई सुरक्षित गर्ने हो । लकडाउन औषधि भएको भए ६, ७ महिना भइसक्या राज्यले पटक–पटक लकडाउन र निषेधाज्ञा गरेको । लकडाउन औषधि भएको भए अहिलेसम्म कोरोना निमिट्यान्न हुनुपर्ने हो । तर, झन् भयावह रुपमा फैलिँदै गएको छ । त्यो चेतनाकै कमीले गर्दा भएको हो ।

सरकारको हेलचेक्र्याइँले संक्रमण फैलिएको हो ?
पहिला सरकार पनि त्रसित थियो । लकडाउन ग¥यो केही हदसम्म नियन्त्रण पनि भयो । पछि राज्य आफैले जनताबाट कर असुल्नको लागि सबै खुल्ला गरेजस्तो ग¥यो । जसको कारणले जनता कर तिर्न वाध्य होउन् भनेर । कर तिर्न पनि निश्चित समय तोकियो ।

त्यसले भीडभाड बढ्यो, सार्वजनिक गाडी खुल्ला गरियो त्यसबाट झन् संक्रमण फैलिँदै गयो । फेरि निषेधाज्ञा ग¥यो, फेरि कर बुझाउने बेलामा बिना कारण खुल्ला ग¥यो । संक्रमण झन् डडेलोजस्तो फैलियो । अब लकडाउन गरेर पनि रोकिने अवस्था छैन ।

यो सरकार जनताको जीवन रक्षाभन्दा पनि खाली कर असुल्ने, कसिमन खानेतिर मात्रै लाग्यो । जसको फलस्वरुप आजको अवस्था निम्तिएको हो ।

नेपाली कांग्रेस संगठन कला नभएको पार्टी भन्छन् युवा नेताको हैसियतले के भन्नुहुन्छ ?
पार्टी संगठनको लागि युवाहरु अत्यन्तै गभीर हुनुपर्छ । त्यो किन आवश्यक छ भने विगतमा पार्टीभित्र भएका विभिन्न गुटबन्दी, गलत किसिमका प्रतिस्पर्धाहरु भन्दा माथि उठेर सिंगो पार्टीलाई वीपीको सिद्धान्त, निष्ठा र चरित्र अनुसार देशव्यापी रुपमा युवाहरुले सांगठानिक भूमिका खेल्नुपर्छ । जसले आन्तरिक विवादहरु हराउँदै जान्छन् ।

पार्टीभित्र आन्तरिक विवाद समाप्त हुँदै गयो भने भोलिका दिनमा कांग्रेस अत्यन्तै बलियो भएर आउँछ ।

अब नेपाली कांग्रेस बहुमत ल्याएर सरकार बनाउने सम्भावना छ ?
सम्भावना मात्रै होइन । नेपाली कांग्रेसले बहुमत ल्याएर सरकार बनाउने पक्का छ । जनताले नेपाली कांग्रेसको आवश्यकता ठानिसकेका छन् । आगामी दिनमा नेपालको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्छ । तथाकथित कम्युनिस्टहरुको शासन जनताले व्यहोरिसकेका छन् ।

हामीहरुले पनि राम्रोसँग हेरिसकेका छौं । कम्युनिस्ट सरकारबाट मुलुक जुन रुपले ब्रम्हलूट भएको छ, भ्रष्टाचारले मुलुक चकनाचुर भइसकेको छ । जनताको जीवनसँग खेलवाड गरिएको छ । हत्या बलात्कारले जनता आक्रान्त छन् । यसले देखाइसकेको कम्युनिस्टको सरकार हुँदा जनताले कत्तिको सन्तुष्ट छन् भनेर ।

त्यसकारण नेपाली कांग्रेस भोलि निर्वाचनमा जाँदै गर्दा नेपाली जनताले न्याय गर्नेछन् । नेपाली कांग्रेसले नै यो राज्यलाई सही ढंगले अगाडि बढाउन सक्छ भन्ने कुरा नेपाली जनताको मनमा गइसकेको छ । लोकतन्त्र जोगाउन पनि नेपाली कांग्रेसको आवश्यकता छ भन्ने कुरा जनतालाई भइसकेको छ ।

मुलुकमा लोकतन्त्र जोगाउन कांग्रेसले मात्रै सक्छ ?
नेपालमा लोकतन्त्र चाहने र जोगाउन कांग्रेसबाहेक अर्को कुन पार्टी छ ? त्यसकारण लोकतन्त्रलाई व्यवस्थिति, मर्यादित र संरक्षण गर्ने नेपाली कांग्रेस नै हो । इतिहासलाई हेर्दा पनि मुलुक संकटमा परेको बेला नेपाली कांग्रेसले नै जोगाएको हो ।

चाहे माओवादी द्वन्द्व काल होस् चाहे दरबारबाट पटक–पटक भएको आक्रमण होस् । त्यसकारण लोकतन्त्र, देश र जनताको संरक्षण नेपाली कांग्रेसले मात्रै गर्न सक्छ । यो सार्वभौम सम्पन्न बनाउन र सम्पूर्ण नागरिक सुरक्षा गर्न पनि कांग्रेसकै आवश्यकता छ ।

मुस्लिम समुदायको युवा नेता मधेसमा कांग्रेसको संगठन कस्तो पाउनुहुन्छ ?
मेरो थातथलो पनि मधेसमै हो । धेरैजसो मधेसमै हिंडिरहेको हुन्छु । मधेसी जनता जन्मजातै लोकतान्त्रिक हुन्छन् । उनीहरुको कल्चर, व्यवहार नै लोकतान्त्रिक हुन्छ ।

वाध्य पारेर उनीहरुलाई कम्युनिस्ट बनाउने प्रयास बीचमा गरिएको थियो । विभिन्न प्रलोभन देखाएर कम्युनिस्ट बनाउने प्रयास गरियो । तर, मधेसी जनताले जन्मजात रुपमै लोकतन्त्र हुन्छन् र व्यवहार पनि त्यस्तै देखाइरहेका हुन्छन् ।

लोकतन्त्र व्यवहार भएका मधेसी जनतालाई नेपाली कांग्रेसले नेतृत्वमा अगाडि बढाउँदै जानुपर्छ । नेपाली कांग्रेसको भोट नै मधेसमा सुरक्षित छ । हिजो पनि मधेसमै सुरक्षित थियो आज पनि मधेसमै कांग्रेसको भोट सुरक्षित छ । त्यसलाई पार्टीले विश्वास गर्नुपर्छ । लोकतन्त्रबाहेक अरु विचारधाराबाट मधेसी जनता प्रभावित हुन सक्दैनन् ।

त्यसोभए मधेसमा कम्युनिस्ट हुर्किन सक्दैन ?
मधेसमा कम्युनिस्टहरु हुर्किन धेरै गाह्रो छ । तर, उनीहरु यहाँ हुर्किनको लागि विभिन्न प्रपञ्चहरु रचिरहेका हुन्छन् ।

तर काँग्रेसले राम्रो काम गरेको छ भनेर प्रचाईएको देखिदैन् ?
जनताप्रति पार्टीले गरेका राम्रा कामहरु जनतासमक्ष पु¥याउने । जनताका गुनासाहरु पार्टीसम्म ल्याउने काम हामीहरुले गरिराखेका छौं । जनतालाई नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर पनि यी कामहरु गरेको छ । भोलि नेतृत्वमा पुगेपछि कांग्रेस यस्तो काम गर्ने छ भनेर जनतालाई सुसूचित गराउने काम पनि गरिराखेका छौं । खासगरी कांग्रेसप्रति फैलाइएको नकारात्मक भ्रमलाई चिर्दै पार्टीलाई अगाडि बढाउने काम हामीले गरिराखेका छौं ।

तपाईले भनेर हुन्छ र केन्द्रिय नेतृत्वले जनतासमक्ष आफूलाई पु¥याउ सकेको छैन् ?
हामी चाडपर्व भनेर रोकिँदैनौं । अहिले जिल्लामा आएको छु । देशव्यापी अभियान लिएर अहिले नै हामीहरु हिंडिसकेका छौं । हरेक दिन सञ्चारमाध्यम अथवा सोसल मिडियामार्फत हामी सम्पर्कमा रहिरहन्छौं । हाम्रो अभियान रोकिनेवाला छैन ।

अहोरात्र खटेर हाम्रो प्रचार–प्रसारलाई अगाडि बढाउने छौं । र, नेपाली कांग्रेसलाई एकढिक्का बनाएर देशव्यापी रुपमा अगाडि बढाउने छौं । नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशनबाट आमजनतालाई एउटा सन्देश दिनेछौं । त्यो सन्देश अबको नेतृत्व, विकास र समृद्धि नेपाली कांग्रेस दिने छ भनेर ।

जसरी यो देशमा कम्युनिस्टहरुले राज्यआतंक मच्चाएको छ । भ्रष्टाचार दुबोभैm मौलाएको छ, हत्या, बलात्कार बढेको छ, अनियमितताले मुलुक चुर्लुम्म डुबेको छ । त्यसलाई नेपाली कांग्रेसले बँचाउने छ भनेर १४ औं महाधिवेशनबाट जनतामा एउटा सन्देश दिने छौं । त्यसपछि हामनिर्वाचनको तयारीमा जुट्ने छौं ।

कांग्रेभित्र गुटगत विवादैविवाद छ, तोकिएकै समयमा १४ औं महाधिवेशन हुन्छ ?
यसलाई विवाद शब्दबाट उच्चारण गर्न उपयुक्त नहोला । किन भने यो पूर्ण लोकतान्त्रिक पार्टी हो । यसलाई वैचारिक मतभेद भन्न सकिन्छ । नेताहरुबीच आ–आफना आकांक्षाहरु हुन सक्छन् । त्यसमा विचार समूहहरु पनि हुन्छन् । त्यो लोकतन्त्रको सुन्दर पक्ष हो ।

तर, हामी १४ औं महाधिवेशनमा होमिइँदै गर्दा ती वैचारिक मतभेदका सम्पूर्ण कुरा मिलिसकेको हुन्छ । महाधिवेशनपछि नेपाली कांग्रेस एक ढिक्का भएर आमनिर्वाचनको तयारी लाग्छ । लोकतान्त्रिक पार्टी भएकाले विभिन्न किसिमका छलफल हुन्छन् । विचारहरु आदनप्रदान हुन्छन् त्यसलाई तपाईंहरुले बाहिरबाट विवाद जस्तो देख्नुभएको हो ।पार्टीभित्र त्यस्तो अवस्था छैन ।

कांग्रेसका युवा नेताहरु संगठनमा त्यति दत्तचित्त भएर लाग्दैनन् भनिन्छ नि ?
अहिले कोभिडको कारणले बाहिरी कार्यक्रमहरु गर्न पाइएको छैन । त्यसकारण तपाईंहरुले कमजोर भएको जस्तो देख्नुभएको हो । तर, हामीले पार्टी संगठनको कामलाई सक्रिय रुपमा अगाडि बढाइरहेका छौं ।

नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन भन्ने छ युवा नेताको हैसियतले के भन्नुहुन्छ ?
प्रतिपक्षको जुन हो त्यसमा नेपाली कांग्रस अलिकति पनि डगमगाएको छैन । एकदमै जिम्मेवार ढंगले निर्वाह गरिरहेको छ । अहिले कोभिडको कारणले हिडडुल गर्न पाइएको छैन । आफ्ना कारा जनतासमक्ष पु¥याउन सञ्चारलगायत विभिन्न सामाजिक सञ्जालमार्फत गरिरहेको छ ।

वर्ग, जाति, समुदायलाई आक्षरणबाट मूल प्रवाहमा ल्याउने विषयलाई के भन्नुहुन्छ ?
कुनै पनि जाति, समुदाय, वर्गलाई राजनीतिक मूल प्रभावहमा ल्याउनको लागि एक व्यक्तिलाई एक पटक आक्षरण दिएर समावेश गर्नुपर्छ । त्यसपछि सोही जाति, समुदायको अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । त्यसले नयाँ पुस्ताको पनि मनोबल बढ्छ । एउटै जाति, समुदायको नाममा पटक–पटक एउटै व्यक्तिलाई आरक्षण दिनुहुँदैन । त्यसले वर्ग उत्थान गर्दैन । वर्गी उत्थानको लागि आरक्षण सोही जाति, समुदायमा पुस्तान्तरण हुनुपर्छ ।

केन्द्रिय नेताहरु तोकिएकै समयमा महाधिवेसन गर्नुपर्छ भनेर लागेको पाउनुहुन्छ ?
कोभिडको कारणले केही समय तलमाथि हुन सक्छ । तर, केन्द्रीय नेतादेखि युवाहुँदै स्थानीय तहसम्मका नेता कार्यकर्ता समयमै स्वस्थ प्रतिस्पर्धामा मर्यादित ढंगले महाधिवेशन सम्पन्न गर्नुपर्छ भनेर लागेको अवस्था छ ।

सरकार राष्ट्रिय समस्याभन्दा बाहिर गएर जनतालाई अलमल्याउने काम गरिरहेको छ, यसलाई प्रतिपक्ष दलका युवा नेताहरुले कसरी लिइरहेका छन् ?
सरकारले कोभिडको आडमा नेपाली जनताको स्वास्थ्यसँग खेडवाड गरेको छ । ब्रम्हलूट मच्चाएको छ, आतंक फैलिाएको छ, अत्याचार गरेको छ । पुरै भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । यो सरकारले कोभिडको आडमा राज्यप्रतिको दोहन गरेको छ ।

नेकपाले दुई तिहाईको आडमा ५ नम्बर प्रदेशको राजधानीको एकलौटी निर्णय ग¥यो नि के भन्नुहुन्छ ?
नेकपाले ५ नम्बर प्रदेशको राजधानी घोषणा गर्ने बेलामा दुई तिहाईको दम्भ देखाएको छ । यो राज्यले त्यो लेभलबाट उपस्थित हुन्छ भन्ने मैले कल्पना पनि गरेको थिइँन भालुवाङमा राजधानीको घोषणा गर्दै गर्दा ।

त्यो राजधानी घोषणा गर्दा चाहे बहुमत पक्ष होस् या अल्पमत सबैसँग सल्लाह गरेर सुझाव संकलन गरेर गर्नुपर्ने हो । यहाँका मुख्य मन्त्रीहरुले आफ्नै बारीमा राजधानी होस्, आफ्नै गोठमा संसद् भवन होस् भन्ने नीतिका साथ राजधानी निर्णय गरेका छन् । जब कि ५ प्रदेशको राजधानी कपिलवस्तुलाई निर्णय गर्नुपर्ने हो ।

किनभने नेपाली जनताको आस्थाको केन्द्र राजा सुद्धोधनको राजधानी हो कपिलवस्तु । गौतम बुद्धलाई विश्वमा चिनाउनको लागि पनि कपिलवस्तुलाई राजधानी बनाउनुपर्ने हो । कपिलवस्तुलाई राजधानी बनाइएको भए संसारभरि भगवान् गौतम बुद्धको प्रचार हुन्थ्यो ।

यो धार्मिक र पर्यटकीय दुवै किसिमले उपयुक्त ठाउँ थियो । पूरातात्विक हिसाबले पनि त्यतिकै महत्वपूर्ण थियो । यहाँ राजधानी पु¥याएको देख्दा राज्यले कपिलवस्तुलाई भारतको हातमा बिक्री गरेको महसुस यहाँका जनताले गरेका छन् ।

राजधानी भालुवाङ भएकोमा कपिलवस्तुवासीको असहमति हो ?
कपिलवस्तु वासीको चाहना भनेको यहाँ राजधानी बनाएको भए कपिलवस्तुको हैतिहासिक महत्व छुट्टै हुनेथियो । यहाँ मान्छेहरु आउँदा आज पनि कपिलवस्तुको माटो लिएर घर फर्किन्छन् ।

बाहिरबाट मान्छेहरु आउँदा जुत्ता हातमा बोकेर खाली खुट्टा हिंडिरहेका हुन्छन् । आमनागरिकले कपिलवस्तुलाई त्यति पवित्र स्थल मानेका छन् । तर यसको महत्व यो सरकारले बुझ्न सकेन ।

विपक्षका कुरा पनि सुन्नुपर्ने होइन र ?
विपक्षका कुरा नसुरै संसद्मा अप्रिय घटना हुन पुग्यो । त्यो नेपाली कांग्रेसहरुको चाहना होइन । सरकारले नै त्यस्तो वातावरण सिर्जना गरिदियो ।

नेपाली कांग्रेसको चरित्र अनुसार उदण्ड क्रियाकलाप भयो भनिएको छ नि ?
उदण्डता त कम्युनिस्टहरुले देखाएका हुन् । जसरी त्यहाँका मन्त्रीहरुले संसादलाई घिसारेर बाहिर निकाल भनेर भाषा प्रयोग गरिएको छ । त्यो भाषा प्रयोग गर्ने मन्त्रीलाई संसद् र सभामुखले कारबाही गर्नुपर्छ ।

दोस्रो कुरा कम्युनिस्टहरुले लोकतान्त्रिक भाषा बुझ्दैनन् । त्यसैले कम्युनिस्टले बुझ्ने भाषामा हाम्रा सांसद्हरु प्रस्तुत भएका हुन् ।

त्यहाँसम्म उत्रिनु सांसद्हरुको वाध्यता हो ?
वाध्यता भन्दा पनि त्यो सभाले जुन भाषा बुझ्छ त्यही भाषामा जवाफ दिनुपर्छ । लोकतान्त्रिक चरित्र त्यो होइन । तर, त्यसो नगरी कम्युनिस्टहरुले बझ्दैबुझ्दै न अनि बुझ्ने भाषामा जवाफ दिनुप¥यो । हाम्रो पार्टीको मर्यादा, सिद्धान्त र चरित्र त्यो होइन ।

तर, त्यहाँ त्यो हदसम्म उत्रने वाध्य पारियो । विवाद भएपछि सभामुखले वैठक स्थगित गर्नुपर्ने हो । फरक मतकासाथ पेलेर बैठक अगाडि बढाउन थालेपछि त्यो स्थिति सिर्जना भएको हो ।

कम्युनिस्टको दम्भका कारण त्यस्तो भएको हो । संसद्मा जुन खालको भाषा प्रयोग भयो त्यसको प्रतिकारात्मक प्रतिक्रिया हो त्यो ।

अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् वर्तमान अवस्थाको बारेमा मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !

सम्बन्धित समाचार

यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
  • २०७७ आश्विन २६, १३: ४५

  १. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...

पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
  • २०७७ आश्विन २६, १३: ४५

काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...

अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
  • २०७७ आश्विन २६, १३: ४५

१. सबैतिर एउटै प्रश्न—अब नेपाली कांग्रेसको भविष्य के हुने हो ? नेपाली कांग्रेसको विशेष अधिवेशन भएको पनि करिब ८ महिना...