सत्यको खोजीमा दण्डहीनताले पुर्याएको व्यवधान – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

सत्यको खोजीमा दण्डहीनताले पुर्याएको व्यवधान

१. सत्यको घाँटी निमोठ्नका लागि सहज उपाय रहेछ पत्रकारिताको घाँटी निमोठ्नु । यो अहिलेको महामारीमा दिनैपिच्छे नयाँ नयाँ हल्लाका समाचारहरु आउँदैछन् । कसैले भन्छ कोभिड१९को ओखती पत्ता लाग्यो ।

कसैले भन्छन्-अझै ६ महिनासम्म आउने सम्भावना छैन । भनिन्थ्यो-सेप्टेम्बरमा त बजारमा नै आउँछ । अनि अहिले भनिँदैछ, कहाँ हुनु भर्खर तेस्रो चरणमा छ ।

२. चाहे कोरोनाको वारेमा जानकारी दिन थाल्ने भन्नुस्, या कोरोनाले लाखौँ मानिसहरु मरे भन्ने समाचारको कुरा गर्नुस् या यसबाट बच्ने कुनै उपायका वारेमा भन्नुस्, सबैको जानकारी त हामीले पत्रकारबाटै थाहा पाएका हौँ ।

कुन देशले कति तत्परताका साथ जनताको स्वास्थ्यको वारेमा व्यवस्था गरेको छ, कुन देशले बढीभन्दाबढी कोभिड१९को परीक्षण गराएको छ र कुन देशका बढीभन्दाबढी महामारीको वारेमा जनस्तरमा सेवा दिएको छ भन्ने कुराको जानकारी दिने पनि पत्रकार नै हुन् ।

३. यसबिचमा धेरै देशको स्वास्थ्य स्थितिका वारेमा, स्वास्थ्य सेवाको वारेमा कतिसम्मको हेलचेक्र्यार्इँ हुन्छ र कतिसम्मको कोरोनाको नाममा जनतामाथि अत्याचार हुन्छ भन्ने कुरा पनि पत्रकारले नै जानकारी दिएका छन् ।

४.अनि ओखती बन्दैछ कहिले बन्छ र कहिले हामीजस्ता सर्वसाधारणको पहुँचमा आउला भन्ने कुराको जानकारी दिने पनि पत्रकार नै हुन् तर अहिले विश्वभर पत्रकारिताको अवस्था नाजुक भएको छ । सूचनामा पहुँच हुनेले सूचना दिँदैनन्, लुकाउँछन् ।

जनस्वास्थ्यका वारेमा समेत सूचना लुकाउँछन् । एकातिर भन्छन् लोककल्याणकारी राज्यको गफ हाँक्छन् अनि कोरोनाको महामारीमा जनताका लागि कति खर्च गरियो , अनि किन सेवा प्रवाह हुन सकेन भनेर सोध्यो भने पत्रकारमाथि हमला हुन्छ, भौतिकरुपमा पनि, मानसिक रुपमा पनि ।

५. संसारभर पत्रकारिताको अवस्था नाजुक देखिन्छ । संसारमा प्रत्येक वर्ष एकजना पत्रकारले राम्रो काम गरेबापत पुलित्जर पुरस्कार पाउँछ अनि जनताको सेवा गरेबापत औसतमा एकसय पत्रकारहरु गोली हानेर मारिन्छन् । यसो गरेको किन हो भने यसले सत्यको मुख थुन्न सकिन्छ ।

६. International Day to End Impunity for Crimes against Journalists, 2 November हामी प्रत्येक वर्ष नोभेम्बर २लाई पत्रकार विरुद्ध गरिने कुनै पनि अपराधका विरुद्धको सम्झना गर्नका लागि, गरिने कुनै पनि मानसिक तथा भौतिक हमलाको विरोध गर्नका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गर्छौँ ।

लेख्ने कलम भाँच्नुभन्दा, बोल्ने माइक्रोफोन फुटाउनु भन्दा, लेख्ने कम्प्युटर फुटाउनु भन्दा पत्रकारमाथि नै जाइलाग्यो, मा¥यो, खेल खत्तम ।

न रहे बाँस , न बजे बाँसुरी । भ्रष्टाचारका विरुद्धमा होस् कि नयाँ नयाँ राजनीतिक रहस्य पत्ता लगाउनमा होस् , पत्रकारहरु लागिरहेका हुन्छन् र संसारलाई सत्यको उद्घाटन गरिरहेका हुन्छन् ।

हो के भने अपराध हुन्छन् पत्रकारविरुद्ध अनि ती अपराधीहरुलाई कुनै दण्ड हुँदैन । दण्डविहीनताले गर्दा अपराधीहरु फेरि फेरि पत्रकारमाथि जाइलाग्न प्रोत्साहित हुन्छन् र समाजमा एउटा भयको सृजना हुन्छ जसले पत्रकारहरुले सत्य खोज्ने कुरामा व्यवधान हुन्छ ।

७. नेपालमा पनि दण्डविहीनताको लामो शृंखला छ । जनयुद्धका बेलामा जनयुद्ध सञ्चालक र राज्यबाट भएका पत्रकारविरुद्धका अपराधको अझै समाधान भएको छैन । त्यो बेलाको त्रासदी अझै स्मृतिमा छ र केही अपराधीले दण्ड पाएको त देखिन्छ तर दण्डविहीनता वा दण्डहीनता नै समस्याको रुपमा देखिएको छ ।

८. सानासाना कुराबाट पत्रकारितामाथि हमला भएको छ । पत्रकारमाथि हमला भएको छ मानसिक र भौतिकरुपमा । पत्रकार समाचारको खोजीमा जान्छ । समाचारको जडमा पुग्न खोज्छ । जगमा पुग्न खोज्दा धेरै जनासँग सम्पर्क गर्नुपर्छ । खोजी गर्दा सत्य सामुन्ने आउँछ ।

त्यो सत्य पचाउने प्रजातान्त्रिक वा सहिष्णुताको क्षमता समाचारको पहुँचमा भएका वा गलत काम गर्नेहरुसँग हुँदैन । सरकार स्वयं असहिष्णु भएको देखिन्छ । अहिले त सरकार गाउँमा पनि छ, प्रदेशमा पनि छ र केन्द्रमा पनि छ । प्रत्येक सरकारले गर्ने कामको सार्वजनिक सोध खोज पत्रकारले गर्ने नै भए ।

सूचनाको हकले पनि त्यो अधिकार आम जनतालाई दिएको छ । त्यसको अधिकार प्रयोग पत्रकारले पनि गर्ने नै भए । अनि सत्पको असलीरुप जब समाचारको रुपमा सत्य बाहिर ल्याएपछि असहिष्णु व्यक्तिहरुबाट पत्रकारमाथि सबैखालका अपराध गरिन्छन् । अनि त्यही अपराध रोक्ने अनि अपराधअनुसारको दण्ड दिइनु पर्ने आम पत्रकारको सुरक्षाको कुरा हो ।

९. संयुक्त राष्ट्रसंघले त नोभेम्बर २लाई सम्झनास्वरुप दण्डहीनता विरुद्धको दिवस भनेर तोक्नेमात्र हो, हामी पत्रकारहरुले नै आफ्नो सुरक्षाको चाँजो पाँजो मिलाउने हो जसका लागि सरकारले पनि संवेदनशील भएर पत्रकार विरुद्धको कुनै पनि काम हुन नदिने कुरामा तदारुकता देखाउनु पर्छ । अनि मात्र पत्रकार विरुद्ध गरिने कुनै पनि अपराधको दण्ड पाउने छन् । दण्डहीनताले पत्रकारविरुद्ध गरिने अपराधले मौलाउने मौका पाएको हो ।

१०. प्रजातन्त्रको सबैभन्दा ठुलो विशेषता भनेको या महत्व भनेको नै सबैले समान अधिकार पाएका हुन्छन् र झन पत्रकाकरले सत्यको उद्घाटन गर्ने भएकाले अलि बढी नै अधिकार प्रयोग गर्न पाउने चलन हुन्छ । सत्यको घाँटी ननिमोठियोस् भन्ने कुरामा समाज पनि चनाखो हुनुपर्छ । नागरिक समाजले पनि खबरदारी गर्नुपर्छ पत्रकारको पक्षमा ।

पत्रकारहरुका राष्ट्रिय तथा अन्तराष्ट्रिय संगठनहरुले पनि यसमा संगठित भएर आफ्ना सदस्यहरुको सुरक्षामा लाग्नु जरुरी छ । न्याय नपाएका पत्रकार तथा उनका परिवारहरुका पक्षमा एकातिर दण्डहीनता नहोस् भन्ने र अर्कोतिर पीडितहरुका लागि न्याय र क्षतिपूर्ति सबै खालको व्यवस्थामा सरकार पनि लाग्नुपर्छ, नागरिक समाज पनि लाग्नुपर्छ ।

११. र अन्त्यमा, कोभिड-१९मा समाजका अन्य पक्षसँग पत्रकारिता पक्ष , पत्रकारहरु अप्ठ्यारामा परेका छन् । उनीहरुको काम खोसिएको छ , माम खोसिएको छ र विश्वको आर्थिक मन्दीमा पत्रकारकाहरुको जीवन धान्न पनि मुस्किल भएको छ ।

यस्तो महाव्याधिमा कसरी पत्रकारितालाई जोगाउने भन्नु नै पत्रकारहो सुरक्षाको प्रश्न हो । समाजका सबै तप्काले , विश्वका सबै खालको मानव अधिकारका रक्षक संस्थाहरुले पत्रकारिताको यो जोखिमपूर्ण अवस्थामा सत्यको घाँटी न निमोठियोस् भनेर संवेदनशील हुनु परेको बेला छ ।

दिवस त यो महामारीमा आयो अनि जान्छ पनि तर महामारीका बिचमा नै पत्रकारिताको भविष्यको समेत सोच्ने बेला आयो नि, हैन र ? सुरक्षाको प्रश्न, पत्रकारविरुद्धको अपराधकामा शून्य सहनशीलताको प्रश्न अनि पत्रकारको विरुद्धको आवाजका लागि बोल्नेको सुरक्षाको प्रश्न सबै यसै मेसोमा आउने कुरा हुन् । दण्डहीनताले मौलाएको अपराधलाई कसरी कमी गर्ने भन्ने नै यो दिवसको अर्थ हो कि त ?

सम्बन्धित समाचार

हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
  • २०७७ कार्तिक १८, १५: ५२

  १. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...

यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
  • २०७७ कार्तिक १८, १५: ५२

  १. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...

पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
  • २०७७ कार्तिक १८, १५: ५२

काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...