बेंलुरु आईपीएलको फाइनलमा – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

बेंलुरु आईपीएलको फाइनलमा

काठमाडौं । गुजरात टाइटन्सविरुद्ध ९२ रनको सहज जित निकाल्दै साविक विजेता रोयल च्यालेन्जर्स बेंलुरु इन्डियन प्रियिमर लिग (आईपीएल)को फाइनल प्रवेश गरेको छ । बेंलुरु  लगातार दोस्रो तथा समग्रमा पाँचौँपटक आईपीएलको फाइनलमा पुगेको हो । गत संस्करणको च्याम्पियन बेंलुरु सन् २००९, २०११ र २०१६ मा उपविजेता बनेको थियो ।

मंगलबार धर्मशालामा सम्पन्न पहिलो क्‍वालिफायरमा बेंलुरुले प्रस्तुत गरेको को २५५ रनको लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमै समेटियो । गुजरातका राहुल तेवातियाले ६८ रनको इनिङ खेले पनि त्यो गुजरातका लागि पर्याप्त बन्न  सकेन । उनले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गरे । जस बट्लरले २९ तथा साइ सुदर्शनले १४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बेंलुरुका ज्याकोब डफीले तीन विकेट लिए । भुवनेश्वर कुमार, रसिख सलाम र क्रुनाल पान्ड्याले सामन दुई विकेट हात पार्दा तथा जोश हेजलउडको नाममा एक विकेट रह्यो ।त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको बेंलुरुले निर्धारित २०ओभरमा ५ विकेट गुमाएर २५४ रन बनाएको थियो ।

बेंलुरुका कप्तान रजत पाटिदारले शानदार अविजित ९३ रनको इनिङ खेले । आक्रमक ब्याटिङ गरेका उनले ३३ बलमा नौ छक्का र पाँच चौका प्रहार गरे । २० रनमा खेलिरहँदा जीवनदान पाएका पाटिदारले त्यसपछि थप ७३ रन जोडे । विराट कोहली र क्रुनाल पान्ड्याले समान ४३ रन बनाए । वेंककटेश अय्यरले १९ रन जोड्दा जितेश शर्मा १५ रनमा अविजित रहे । गुजरातका कगिसो रबाडा र जेसन होल्डरले समान दुई विकेट लिँदा प्रसिद्ध कृष्णाले एक विकेट हात पारे ।

सम्बन्धित समाचार

विश्वकप : पानामालाई क्रोएसियाले हरायो
विश्वकप : पानामालाई क्रोएसियाले हरायो
  • २०८३ जेष्ठ १३, ०९: ११

काठमाडौँ।विश्वकप फुटबलअन्तर्गत भएको खेलमा Croatia ले Panama लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। खेलको...

इराकमाथि ३–० को सहज जित, फ्रान्स नकआउट चरणमा प्रवेश
इराकमाथि ३–० को सहज जित, फ्रान्स नकआउट चरणमा प्रवेश
  • २०८३ जेष्ठ १३, ०९: ११

काठमाडौं । विश्वकपको दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘आई’ मा लगातार...

उरुग्वेसँग केप भर्डेको रोमाञ्चक बराबरी, विश्वकपमा २–२ को नतिजा
उरुग्वेसँग केप भर्डेको रोमाञ्चक बराबरी, विश्वकपमा २–२ को नतिजा
  • २०८३ जेष्ठ १३, ०९: ११

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। अमेरिकाको फ्लोरिडास्थित...