देशभरका ५० केन्द्रमा एसईईको उत्तरपुस्तिका परीक्षण, दैनिक ३० हजार शिक्षक परिचालन – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

देशभरका ५० केन्द्रमा एसईईको उत्तरपुस्तिका परीक्षण, दैनिक ३० हजार शिक्षक परिचालन

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार हिजो (शनिबार) परीक्षणको काम सुरु भएको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी शिक्षकहरुलाई आग्रह गरेका थिए ।उत्तरपुस्तिका सम्बन्धित विषयका विज्ञ शिक्षकले परीक्षण गर्दै आएका छन्। उनीहरूलाई जिल्ला शिक्षा समन्वय एकाइले परिचालन गर्दै आएको छ।

उत्तरपुस्तिका परीक्षण १५ दिनभित्र गरिसक्ने लक्ष्य कार्यालयको छ। परीक्षा नियन्त्रक भट्टराईले भने, ‘उत्तरपुस्तिका परीक्षणका लागि विज्ञ शिक्षक परिचालन भइरहेका छन्। यो प्राविधिक काम पनि हो। त्यसैले यति नै दिनमा भन्नेचाहिँ हुँदैन। हामीले १५ दिनभित्र सक्ने लक्ष्य राखेका छौँ।’

बोर्डले परीक्षाफल आगामी असार ७ गतेभित्र सार्वजनिक गर्ने भने पनि उत्तरपुस्तिका परीक्षण तोकिएको समयमा हुन नसकेकाले परीक्षाफल प्रकाशनमा केही ढिलाइ हुने भएको छ।

२० चैतदेखि २९ दिन शिक्षकहरूको आन्दोलनका कारण परीक्षणमा ढिलाइ भएको हो । एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश थिए ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८२ बैशाख २१, १८: ००

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८२ बैशाख २१, १८: ००

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८२ बैशाख २१, १८: ००

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...