
काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आफू संयोगवश शिक्षामन्त्री बन्न पुगेको भन्दै अहिले शिक्षा क्षेत्रका धेरै कुरा सिक्ने प्रक्रियामा रहेको बताएका छन्।सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरुको मार्ग दर्शन र सल्लाहको खाँचो भएको बताए ।
‘लामो समय पत्रकारितामा बिताएँ,’ पन्तले भने, ‘पत्रकार महासंघको महासचिव हुँदै संसद सदस्य बनेको मान्छे हुँ। संयोगले शिक्षामन्त्री बन्ने मौका जुर्यो,। अहिले म तपाईहरूकै विद्यार्थी हुँ। सबैले बाटो देखाइदिनुहोला।’
उनले सम्पादकीय लेखहरू र पाठक प्रतिक्रियामा कतिपय गहन विचार प्रस्तुत हुने भन्दै त्यस्ता विचारहरूबाट आफू प्रभावित हुँदै आएको बताए। ‘कहिलेकाहीँ विद्वानहरूले पनि भन्न नसकेको कुरा पाठक प्रतिक्रियाले बोलेको हुन्छ,’ उनले थपे।यस्तै, उनले जबसम्म बहुलवादलाई सैद्धान्तिक रुपले मान्दैनौ तबसम्म शिक्षा र राजनीतिमा विविधता ल्याउन नसक्ने पनि बताए ।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...