चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुलको शिलान्यास – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुलको शिलान्यास

काठमाडौँ |  समृद्ध पूर्वीय जीवनदर्शन र आधुनिक २१औं शताब्दीका सीप समेट्ने उद्देश्यका साथ चन्द्रागिरी नगरपालिका वडा नम्बर ७, महांकाल ब्याडमिन्टनस्थित एसभीएएन स्कुलको औपचारिक शिलान्यास गरिएको छ ।

नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा शिक्षा, समाजसेवा र सामुदायिक क्षेत्रका विभिन्न विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (एनप्याब्सन) की अध्यक्ष गीता क्षेत्री राणा, स्यान कलेजका अध्यक्ष डा. सुभाष घिमिरे, आईएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकी, महांकाल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निराजन महत, महांकाल ब्याडमिन्टन हलका अध्यक्ष श्रीहरि थापा, साथै समाजसेवी सूर्य अधिकारी, परशमणि दाहाल र कुमार भट्टराईलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्कुलका कार्यकारी निर्देशक कर्णबहादुर शाहीले विद्यालयको विशेषता र भविष्यका योजनाहरू सार्वजनिक गर्दै, यस शैक्षिक परियोजना नेपाली शिक्षा क्षेत्रमा परिवर्तनको संकेत भएको बताए ।

शान्त, हरियाली र प्रदूषणरहित वातावरणमा निर्माण हुने यस विद्यालयले विद्यार्थीहरूको नैतिक, बौद्धिक र सिर्जनात्मक विकासमा विशेष ध्यान दिने  शाहीले बताए।

उनका अनुसार, विद्यालयको मुख्य भवन विद्यालयकै आफ्नै १० रोपनी जग्गामा निर्माण हुनेछ, जसको संरचना करिब ७४ हजार वर्गफिटमा फैलिनेछ भने विद्यालय करिब ३०० रोपनी क्षेत्रफलमा विस्तार हुनेछ, जसमा खेल मैदान, विज्ञान प्रयोगशाला, पुस्तकालय, सिर्जनात्मक कला केन्द्र र अत्याधुनिक डिजिटल कक्षा कोठाहरू समावेश हुनेछन् ।

शाहीका अनुसार विद्यालयको प्रारम्भिक योजना अन्तर्गत एक वर्षभित्रै कक्षा १ देखि १० सम्मको पठनपाठन सञ्चालन गरिनेछ। आगामी चरणमा कक्षा ११ र १२ मा अन्तर्राष्ट्रियस्तरका पाठ्यक्रमहरू(जस्तै ए–लेभल, इन्टरनेसनल ब्याकलरिएट (आईबी) र फिनिस पाठ्यक्रम (समावेश गरेर विद्यार्थीहरूलाई उच्च गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेको छ ।

उनले भने, ‘विद्यार्थीहरूलाई ज्ञान मात्र होइन, जीवन उपयोगी सीप, नेतृत्व क्षमता र नवप्रवर्तनमा आधारित शिक्षाबाट सक्षम बनाउने हाम्रो लक्ष्य हो ।’

कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरूले एसभीएएन स्कुलले भविष्यमा नेपाली शिक्षा प्रणालीमा नवीनतम उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८२ जेष्ठ २१, १७: ३०

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८२ जेष्ठ २१, १७: ३०

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...

सुकुम्वासीको चेतावनी- उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्राे हाल्छौं
सुकुम्वासीको चेतावनी- उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्राे हाल्छौं
  • २०८२ जेष्ठ २१, १७: ३०

काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो व्यवहारविरुद्ध आन्दोलित भएका...