पूर्व सचिव पोखरेलको आत्मकथा ‘खण्डखण्डमा जिन्दगी’सार्वजनिक – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

पूर्व सचिव पोखरेलको आत्मकथा ‘खण्डखण्डमा जिन्दगी’सार्वजनिक

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव पद्मप्रसाद पोखरेलको आत्मकथा‘खण्डखण्डमा जिन्दगी’ जिज्ञासा र अनुभवको इतिवृत्त’ को लोकार्पण पूर्वराष्ट्रपति डा.रामवरण यादव लगायतले गरे ।कार्यक्रममा पूर्वराष्ट्रपति यादवले आत्मकथाको लोकार्पण गर्दै भने-“पद्मप्रसाद पोखरेलजस्तो इमानदार र विवेकशील प्रशासकको जीवन कथा पुस्ता–पुस्ताका लागि प्रेरणा बन्न सक्छन्।”
आत्मकथा केवल व्यक्तिगत वृत्तान्त मात्र नभई त्यो समयको सामाजिक, प्रशासनिक र बौद्धिक दस्तावेज रहेकाले लेखकलाई शुभकामना दिंदै यस्ता कृतिहरूले समाजलाई अझ गहिरो समझदारी दिन सक्ने विश्वास समेत व्यक्त गरे ।

लेखक पद्मप्रसाद पोखरेलले सबै अतिथिहरूप्रति आभार प्रकट गर्दै पुस्तक आफ्नो भोगाइ र अनुभूतिहरूको प्रतिबिम्ब भएको तर आफ्नो जीवनलाई कुनै विशेषताको दाबी गर्दै लेखेको नभएर लेखनले आफ्नो जीवन पुनरावलोकन गर्ने अवसर मिलेको बताए । उनले कृतिले कसैलाई केही सोच्न प्रेरित गर्छ भने लेखन सफल भएको ठहर्ने विश्वास व्यक्त गरे ।

वरिष्ठ पत्रकार किशोर नेपालले पोखरेलको जीवनलाई ‘बोल्न नसकेका हजारौँ प्रशासनिक आवाजको प्रतिनिधि’ भन्दै आत्मकथाको ऐतिहासिक महत्वमाथि जोड दिए ।
कवि तथा मुख्यसचिव डा.विमल कोइरालाले पोखरेलसँगको ४० वर्ष लामो प्रशासनिक सहकार्य र मित्रताको स्मरण गर्नुहुँदै पोखरेल जीवनभर अनुशासन, इमान, सरलता र पारदर्शिताको पर्याय बनेकाले पोखरेलको आत्मकथाले यिनै मूल्यलाई प्रतिबिम्बित गर्नेबताए।

प्रकाशक संस्था ‘भुँडीपुराण प्रकाशन’का केशव पराजुलीले प्रकाशन प्रक्रियाका अनुभव सुनाउँदै कृति प्रकाशन गर्नु प्रकाशन संस्थाका लागि मात्र नभएर समस्त पाठकसमुदायको लागि गर्वको विषय बन्न सक्ने धारणा राखे ।

समारोहमा पत्रकार तथा समालोचक डा.बालचन्द्र मिश्रले कृति तयार पार्ने क्रममा लेखकसँगका संवाद र अनुभवहरू सुनाए । उनलेआत्मकथा केवल कथा नभएर एक यथार्थपुस्तक रहेकाले जहाँ सरकारी सेवाशैली,प्रशासनिक संघर्ष र व्यक्तिगत अन्तद्र्वन्द्वहरू कुशल रूपमा प्रस्तुत गरिएको बताए ।

प्रा.डा.शान्तिकृष्ण अधिकारीले पुस्तकमाथि समीक्षात्मक दृष्टिकोण राख्दै यसलाई ‘एक गम्भीर पाठकको लागि गहकिलो पाठ’ भएको बताए । उनले पोखरेलको भाषाशैली, आत्मविश्लेषण र घटनासँगको वस्तुगत प्रस्तुति स्पष्ट पारे ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०८२ असार ८, १३: २०

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

ललितपुर कांग्रेसमा जरा अभियानको तीव्रता, ७१ वटै वडामा प्रतिनिधि खटाइयो
ललितपुर कांग्रेसमा जरा अभियानको तीव्रता, ७१ वटै वडामा प्रतिनिधि खटाइयो
  • २०८२ असार ८, १३: २०

ललितपुर । नेपाली कांग्रेस ललितपुरले यही १ गतेवाट ललितपुरमा पार्टी संगठन सुद्धीकरण तथा संगठन विस्तारको लागि जरा अभियान अन्तर्गत जिल्ला,...

डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा
डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा
  • २०८२ असार ८, १३: २०

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकै नजिक निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको दोधारे चरित्रका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्रको...