एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । नतिजा प्रकाशनको प्रक्रियाको अन्तिम तयारी गरिरहेको बोर्डले नतिजा प्रकाशनको मिति भने टुंग्याएको छैन । त्यसैका लागि बोर्डले आज बोर्ड बैठक बस्ने तयारी गरेको छ ।

नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भैइसकेको छैन ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

सम्बन्धित समाचार

शून्य अवस्थाबाट मन्त्रालय सञ्चालन गर्दै मन्त्री महावीर पुन, विज्ञान तथा नवप्रवर्तन ऐन ल्याउने तयारी
शून्य अवस्थाबाट मन्त्रालय सञ्चालन गर्दै मन्त्री महावीर पुन, विज्ञान तथा नवप्रवर्तन ऐन ल्याउने तयारी
  • २०८२ असार १३, ०९: २३

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले मन्त्रालयको काम शून्य अवस्थाबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन्।...

अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका ४१ प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका ४१ प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
  • २०८२ असार १३, ०९: २३

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन कायम गर्ने सरकारी अभियानले...

असार १ गतेदेखि कक्षा ११ को पढाइ सुरु हुने, मन्त्रालयको निर्णय
असार १ गतेदेखि कक्षा ११ को पढाइ सुरु हुने, मन्त्रालयको निर्णय
  • २०८२ असार १३, ०९: २३

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।...