रसुवामा बाढीका कारण तीन प्रहरीसहित १८ बेपत्ता, नौ जनाको उद्धार – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

रसुवामा बाढीका कारण तीन प्रहरीसहित १८ बेपत्ता, नौ जनाको उद्धार

काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।

तीनजना प्रहरी, चारजना चिनियाँ कामदारसहित १८ जना बेपत्ता भएका र नौजनाको उद्धार गरिएको उनले बताए । उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए ।

बाढीले रसुवागढीको मितेरी पुल र दर्जनौँ गाडी बगाएको छ । भीषण वर्षासँगैको बाढी र पहिरोका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको हो । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको छ । ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने जानकारी आएको छ । क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

यसबीच, जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदी किनारका बासिन्दालाई सतर्क रहन अनुरोध गरेका छन्। उपल्लो क्षेत्रमा अति भारी वर्षाका कारण त्रिशुली नदीमा पानीको बहाव उच्च हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।

यसबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार

ओलीले राजीनामा नदिए हटाउने तयारी !
ओलीले राजीनामा नदिए हटाउने तयारी !
  • २०८२ असार २४, १०: २९

काठमाडौं । छ महिनाअघि ११ औं महाधिवेशनबाट शक्तिशाली बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सचिवालय बैठकमै नेतृत्वबाट हट्न दबाब बढेको...

अधिकमासमा मच्छेनारायण दर्शनका लागि श्रद्धालुको ओइरो
अधिकमासमा मच्छेनारायण दर्शनका लागि श्रद्धालुको ओइरो
  • २०८२ असार २४, १०: २९

काठमाडौं । ‘मलमास मेला’का नामले परिचित मच्छेनारायण मेला सुरु भएसँगै मन्दिर क्षेत्रमा भक्तजनको घुइँचो लाग्न थालेको छ । पुरुषोत्तम मास...

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्ने, सतर्क रहन आग्रह
सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्ने, सतर्क रहन आग्रह
  • २०८२ असार २४, १०: २९

काठमाडौँ। देशका केही स्थानमा आजदेखि तीन दिन तातो हावा चल्नेछ ।तातो हावाको लहर चल्ने भएकाले सतर्क रहन जल तथा मौसम...