प्रहरीको आग्रह- अबेर राति कुकरमा सिट्ठी नलगाउनू, अनावश्यक खोक्ने खकार्ने नगर्नू – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

प्रहरीको आग्रह- अबेर राति कुकरमा सिट्ठी नलगाउनू, अनावश्यक खोक्ने खकार्ने नगर्नू

काठमाडौं : काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण रोक्न उपत्यका प्रहरी कार्यालयले ‘शान्त, तथा अवरोधमुक्त छिमेकी’ अभियान सुरु गरेको छ । बिहीबार सूचना जारी गर्दै प्रहरीले बिहान र राति अनावश्यक आवाज नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

प्रहरीका अनुसार मोटरसाइकल वा अन्य सवारीसाधनको हर्न, ठुलो स्वरमा गफगाफ, अबेर रातिसम्म संगीत बजाउनेजस्ता गतिविधिले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा र मुटुरोगीहरूको स्वास्थ्यमा गम्भीर असर पारेको छ । ध्वनि प्रदूषणका कारण सामाजिक सम्बन्ध, नैतिक मूल्य र आर्थिक क्रियाकलाप समेत प्रभावित भएको भन्दै प्रहरीले नागरिकलाई सचेत गराएको छ ।

रातिको समयमा फोन कल गर्दा हेडफोन प्रयोग गर्न, म्यासेजमार्फत संवाद गर्न, ठुलो स्वरमा गफ नगर्न, भाँडाकुँडाले ठुलो आवाज ननिकाल्न, गेट ढकढक्याउन वा बेल बजाउनबाट जोगिन भनिएको छ । अबेरसम्म ठुलो स्वरमा संगीत बजाउने वा नाचगान गर्ने गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।

बिहान अनावश्यक रूपमा ठुलो आवाजमा कुरा नगर्न, खोक्दा–खकार्दा आवाज कम गर्न, गेट खोल्दा वा सवारी साधन स्टार्ट गर्दा ध्वनि नियन्त्रण गर्न प्रहरीको आग्रह छ ।

त्यस्तै, अबेर राति शौचालय फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाउन तथा बिहान सबेरै प्रेसर कुकरमा सिठ्ठी नलगाउन समेत प्रहरीले आग्रह गरेको छ ।

ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने चेतावनी प्रहरीले दिएको छ ।

सम्बन्धित समाचार

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र १९, १२: १८

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त
सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त
  • २०८२ भाद्र १९, १२: १८

काठमाडौं :  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता...

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८२ भाद्र १९, १२: १८

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...