प्रधानमन्त्रीका मुख्य सल्लाहकार भन्छन्- दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुन्छ – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

प्रधानमन्त्रीका मुख्य सल्लाहकार भन्छन्- दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुन्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपालमा दर्ता हुन नआएका समाजिक सञ्जा क्रमश: बन्द हुने बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले सर्वोच्च अदालतलेसमेत सूचिकृत नभएसम्म बन्द गर्न आदेश दिएको भन्दै बन्द हुने बताएका हुन्।

‘सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ। सम्भवत दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन्’, उनले लेखेका छन्।

रिमालले मात्र होइन। एमालेका महासचिव शंकर पोखरेलले पनि सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन्।

उनले पनि फेसबुकमा लेख्दै भनेका छन्– ‘सामाजिक संजाल बन्दभइ नखुल्दासम्म त्यसले खल्वल्याइदिएका असल सामाजिक परम्पराहरु पुनर्स्थापित गर्ने कोशिस गरौँ।’

सम्बन्धित समाचार

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र १९, १२: १९

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त
सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त
  • २०८२ भाद्र १९, १२: १९

काठमाडौं :  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता...

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८२ भाद्र १९, १२: १९

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...