
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणमा नआएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बिहीबार मन्त्रालयमा बसेको बैठकले तोकिएको म्यादभित्र दर्ता प्रक्रियामा नआउने सामाजिक सञ्जालमाथि तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बैठकमा मन्त्रालयका उच्च अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।
मन्त्रालय स्रोतका अनुसार सूचीकरण नभएका सामाजिक सञ्जाललाई आजै रातिदेखि क्रमशः बन्द गर्ने तयारी भइरहेको छ । सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित कम्पनीलाई पत्राचार सुरु गरिएको छ ।
सरकारले सामाजिक सञ्जाललाई मन्त्रालयमा अनिवार्य रूपमा दर्ता हुन सात दिनको समय दिएको थियो । भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले म्याद तोकेको र मन्त्रालयले भदौ १२ गते सूचना जारी गरेको थियो । तर, हालसम्म मेटा, अल्फाबेट (गुगल), एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला कम्पनीले दर्ता प्रक्रिया सुरु नगरेको मन्त्रालयले जनाएको छ।
हालसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्र मन्त्रालयमा सूचीकरण भएका छन् ।
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता...
काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...