दुई वटा सामाजिक सञ्जाल सरकारको सम्पर्कमा, मेटा अझै सम्पर्कमा आएन – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

दुई वटा सामाजिक सञ्जाल सरकारको सम्पर्कमा, मेटा अझै सम्पर्कमा आएन

काठमाडौं : सरकारले बन्द गरेका २६ वटामध्ये दुई वटा सामाजिक सञ्जाल मात्र हालसम्म सरकारको सम्पर्कमा आएका छन् ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल बन्द गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेको थियो ।

त्यसमध्ये दुई वटा समाजिक सञ्जालमा मात्र सरकारको सम्पर्कमा आएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।

प्रवक्ता ठाकुरका अनुसार बिहीबार नै हाम्रो पात्रोले दर्ताका लागि निवेदन दिइसकेको छ भने शुक्रबार एक्सले दर्ता गर्न आवश्यक कागजातबारे विवरण माग गरेको छ ।

शुक्रबार एक्सले सञ्चार मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग गर्दै मेल पठाएको प्रवक्ता ठाकुरले जानकारी दिए । यसबाहेकका अन्य सामाजिक सञ्जाल सरकारको सम्पर्कमा नआएको उनले बताए ।

भाइबर, वि–टक, टिकटक, निम्बज र पोपोलाइभ दर्ता भइसकेका छन् । सरकारले बन्द गर्न निर्देशन दिएकामध्ये मेटाअन्तर्गतको फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्स, युट्युब, लिंक्ड इन, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टो डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो र सोल सम्पर्कमा आएका छैनन् ।

सम्बन्धित समाचार

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र २०, १७: १३

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त
सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त
  • २०८२ भाद्र २०, १७: १३

काठमाडौं :  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता...

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८२ भाद्र २०, १७: १३

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...