एमालेको विधान महाधिवेशन: आज प्रतिवेदनहरूमाथि समूहगत छलफल – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

एमालेको विधान महाधिवेशन: आज प्रतिवेदनहरूमाथि समूहगत छलफल


काठमाडौं : सत्तारुढ नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज तीनवटा प्रतिवेदन प्रस्तुत हुँदैछन्।

ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको पहिलो दिन शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका छन्।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु भएको एमालेको विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी छन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार हिजै यी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहे पनि समय अभावको कारण प्रस्तुत हुन पाएन।

आज तीनवटा प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि सबै प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी छ।

हिजो अधिवेशन उद्घाटनसँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

सम्बन्धित समाचार

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र २१, ०८: ०३

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त
सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त
  • २०८२ भाद्र २१, ०८: ०३

काठमाडौं :  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता...

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८२ भाद्र २१, ०८: ०३

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...