
ललितपुर : ललितपुरको हरिसिद्धीमा बालिकालाई ठक्कर दिएर मन्त्रीको झण्डावाल गाडी फरार भएको छ ।
शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय नजिकको मूल सडकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार सरकारी नम्बर प्लेट को १ झ ६९९ नम्बरको गाडीले बालिकालाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट घाइते भएकी ललितपुर महानगरपालिका-२८ डेरा गरी बस्ने ११ वर्षीया उषा मगर सुनुवारलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो ।
उपचारपश्चात उनी डिस्चार्ज भइसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए ।
बालिकालाई ठक्कर दिएर मन्त्रीको गाडी फरार भएपछि स्थानीयले सडक अवरूद्ध गरेका थिए ।
पछि वडा कार्यालयमा ललितपुरका सिडिओसहितको रोहबरमा भएको छलफलबाट घाइतेको सम्पूर्ण खर्च सरकार तथा सम्बन्धित पीडक पक्षबाट ब्योहर्ने गरी सहमति भएको थियो ।
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता...
काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...