सडकमा उत्रिँदै ‘जेन-जी’ – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

सडकमा उत्रिँदै ‘जेन-जी’

काठमाडौं : सामाजिक सञ्जालमा सुरु भएको युवापुस्ताको आक्रोश अब सडकमा उत्रिन लागेको छ । इन्डोनेसिया र फिलिपिन्स हुँदै नेपालसम्म फैलिएको ‘नेपो बेबी’ अभियानले सोमबार राजधानीका सडकमा आन्दोलनको तयारी गरेको छ ।

‘नेपो बेबी’ भन्नाले शक्तिशाली परिवारको हैसियतका कारण विशेषाधिकार पाउने र सुविधासम्पन्न जीवनशैली देखाउने सन्तानलाई जनाइन्छ । हालै इन्स्टाग्राम र टिकटकमार्फत नेपाली नेताका छोराछोरी तथा नजिकका व्यक्तिहरूको महँगो जीवनशैली सार्वजनिक हुन थालेपछि युवापुस्ताले यसलाई असमानताको प्रतीक ठहर गर्दै विरोधको तयारी गरेका हुन् ।

भ्रष्टाचारविरुद्ध उठेको यो अभियानको नेतृत्व औपचारिक रूपमा कसले गरेको भन्ने प्रष्ट छैन । तर सामाजिक सञ्जालमार्फत सक्रिय युवाहरूले आफूलाई ‘जेन-जी’ पुस्ता भन्दै सोमबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेका छन् ।

उनीहरूले प्लेकार्ड, नारा र सांस्कृतिक प्रस्तुति मार्फत भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्ने तयारी गरेका छन् ।

युवाहरूले यो आन्दोलनलाई ‘इतिहास लेख्ने दिन’ भन्दै जनतालाई सडकमा उत्रिन आह्वान गरेका छन् । उनीहरूको भनाइमा सत्ताले करदाताको पैसाले आफ्ना सन्तानलाई विलासी जीवन दिने तर सामान्य जनता महँगी र बेरोजगारीमा धकेलिने अवस्था अब सहन सकिँदैन ।

यसअघि इन्डोनेसियामा राष्ट्रपति जोको विडोडोका छोरा गिब्रान उपराष्ट्रपति उम्मेदवार बनेपछि सुरु भएको ‘नेपो बेबी’ ट्रेन्ड छिमेकी फिलिपिन्स हुँदै नेपालसम्म आएको हो । त्यहाँ नेताका सन्तानको लक्जरी जीवनशैली र भ्रष्टाचारबीचको सम्बन्ध उजागर गर्दै आक्रोश फैलिएको थियो । नेपालमा पनि सोही शैलीमा नेताका परिवारका विलासी जीवनशैली सार्वजनिक भइरहेका छन् ।

सम्बन्धित समाचार

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र २२, १४: ०८

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त
सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त
  • २०८२ भाद्र २२, १४: ०८

काठमाडौं :  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता...

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८२ भाद्र २२, १४: ०८

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...