कांग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

कांग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

काठमाडौं : प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरकारको निर्णयका सम्बन्धमा छलफल गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले सो सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारसँग सोबारेमा छलफल गरेपछि पार्टीको धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको उनले बताए ।

बैठकले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी पार्टी सहमहामन्त्री डिना उपाध्यायकाअनुसार मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेण्डा भएको हो । केन्द्रीय समितिले निर्णय गर्नुपर्ने भएपनि तत्काल केन्द्रीय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुनेगरी निर्णय गरेको उनले बताइन् ।

सम्बन्धित समाचार

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र २२, १४: ४२

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त
सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त
  • २०८२ भाद्र २२, १४: ४२

काठमाडौं :  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता...

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८२ भाद्र २२, १४: ४२

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...