‘जेनजी’को प्रदर्शनमा कुलमान घिसिङको ऐक्यबद्धता – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

‘जेनजी’को प्रदर्शनमा कुलमान घिसिङको ऐक्यबद्धता

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बेथिति र केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध ‘जेनजी’ले गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् ।

देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘जेनजी’ले सोमबार (भदौ २३) निकाल्ने जुलुसमा ऐक्यबद्धता जनाएका हुन् ।

“सरकारले केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विरोधमा जेनजी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दछौँ,” घिसिङले उल्लेख गरेका छन् ।

‘उज्यालो नेपाल’ बत्तीको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान हो ।

सम्बन्धित समाचार

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र २२, २१: ०५

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त
सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त
  • २०८२ भाद्र २२, २१: ०५

काठमाडौं :  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता...

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८२ भाद्र २२, २१: ०५

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...