
काठमाडौँ : नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरू बिहानैदेखि भेला हुन थालेका छन् ।
सोमबार जेन जेडले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि विभिन्न स्थानबाट आएर उनीहरू प्रदर्शनको तयारीमा जुट्दै छन् । सेनाले कब्जामा लिएको उक्त क्षेत्रमा जेन जेडहरू स्वस्फूर्त रुपमा भेला हुन थालेका हुन् ।
प्रदर्शनका क्रममा काठमाडौँमा १७ जना र उपत्यका बाहिर २ गरी १९ जनाले ज्यान गुमाइसकेका छन् । संसद भवन छिरेपछि जेनजीहरूमाथि प्रहरीले गोली चलाएको थियो ।
आज पनि देशव्यापी नै विरोध प्रदर्शन गर्ने जेनजेडहरुले चेतावनी दिएका छन् । जेन जेड प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।
काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...
काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...
काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...