नेपालको पछिल्लो घटनाक्रमबारे भारतले भन्यो- संयम र शान्तिपूर्ण समाधानको आशा छ – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

नेपालको पछिल्लो घटनाक्रमबारे भारतले भन्यो- संयम र शान्तिपूर्ण समाधानको आशा छ

काठमाडौं : नेपालमा पछिल्लो समय भएका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको भन्दै भारतले शान्तिपूर्ण र संवादमार्फत समस्या समाधान हुने आशा व्यक्त गरेको छ।

मंगलबार भारतीय विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको घटनाक्रमप्रति प्रतिक्रिया जनाएको हो। ‘नजिकका मित्र र छिमेकीको हैसियतले हामी सबै सरोकारवालाले संयमता अपनाउने र कुनै पनि समस्या शान्तिपूर्ण तरिका र संवादमार्फत समाधान गर्ने आशा गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ।

भारतले मृतकहरूका परिवारहरूप्रति समवेदना व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामीले हिजोदेखि नेपालमा भएका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ र धेरै युवा जीवनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्छौँ। मृतकहरूका परिवारहरूप्रति हाम्रो समवेदना र प्रार्थना छ। घाइतेहरूलाई छिटो स्वास्थ्य लाभको कामना गर्दछौँ।’

त्यस्तै काठमाडौँ र नेपालका अन्य धेरै सहरहरूमा निषेधाज्ञा लगाएको भन्दै नेपालमा रहेका आफ्ना नागरिकलाई नेपाली अधिकारीहरुले जारी गरेका निर्देशन पालना गर्न समेत आग्रह गरेको छ।

‘नेपालमा रहेका भारतीय नागरिकहरूलाई सावधानी अपनाउन र नेपाली अधिकारीहरूले जारी गरेका निर्देशन र कदमहरू पालना गर्न सल्लाह दिइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित समाचार

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८२ भाद्र २४, १२: २३

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
  • २०८२ भाद्र २४, १२: २३

काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...

सुनचाँदीको मूल्यमा वृद्धि
सुनचाँदीको मूल्यमा वृद्धि
  • २०८२ भाद्र २४, १२: २३

काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...