
काठमाडौं : सर्वाेच्च अदालतले आउँदो भदाै २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने भएको छ । आज बसेको सर्वाेच्च अदालतको आकस्मिक बैठकले यो निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
‘जेन–जी’ को आन्दोलनका कारण सर्वाेच्च अदालत, सिंहदरबारसहित काठमाण्डौका प्रमुख प्रशासकीय भवनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।
प्रधानन्यायाधीश राउतले आगजनी, ढुङ्गामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनमा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । यस्तै उनले आगजनी र नष्ट हुनबाट जोगिएका नागरिकको सम्पत्तिका रूपमा रहेका अदालतका मिसिल कागजातहरू र भौतिक स्रोतसाधनको संरक्षणमा खट्ने कर्मचारी, सुरक्षाकर्मीहरूलाई धन्यवाद दिएका छन् ।
काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...
काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...
काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...