सर्वाेच्चले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने – Naya Bikalpa
September 11, 2025, Thursday      Epaper

सर्वाेच्चले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने

काठमाडौं : सर्वाेच्च अदालतले आउँदो भदाै २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने भएको छ । आज बसेको सर्वाेच्च अदालतको आकस्मिक बैठकले यो निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘जेन–जी’ को आन्दोलनका कारण सर्वाेच्च अदालत, सिंहदरबारसहित काठमाण्डौका प्रमुख प्रशासकीय भवनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।

प्रधानन्यायाधीश राउतले आगजनी, ढुङ्गामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनमा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । यस्तै उनले आगजनी र नष्ट हुनबाट जोगिएका नागरिकको सम्पत्तिका रूपमा रहेका अदालतका मिसिल कागजातहरू र भौतिक स्रोतसाधनको संरक्षणमा खट्ने कर्मचारी, सुरक्षाकर्मीहरूलाई धन्यवाद दिएका छन् ।

सम्बन्धित समाचार

पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू आदेश जारी
पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू आदेश जारी
  • २०८२ भाद्र २६, १७: १३

कास्की : जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरेको...

संवैधानिक सर्वोच्चता बाहिर खोजिने समाधान अस्वीकार्य : नेपाल बार
संवैधानिक सर्वोच्चता बाहिर खोजिने समाधान अस्वीकार्य : नेपाल बार
  • २०८२ भाद्र २६, १७: १३

काठमाडौं।नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने र विरोध गर्ने जनाएको छ।बिहीबार अहिलेको घटनाक्रमबारे...

राष्ट्रपति पौडेलद्वारा राजनीतिक निकासका लागि विचार–विमर्शमा रहेको जानकारी
राष्ट्रपति पौडेलद्वारा राजनीतिक निकासका लागि विचार–विमर्शमा रहेको जानकारी
  • २०८२ भाद्र २६, १७: १३

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण...