विशेष महाधिवेशनका लागि धनकुटा कांग्रेसको माग – Naya Bikalpa
September 24, 2025, Wednesday      Epaper

विशेष महाधिवेशनका लागि धनकुटा कांग्रेसको माग

धनकुटा : नेपाली कांग्रेस धनकुटाको बैठकले अहिलेको परिस्थितिमा मुलुकको समस्या समाधान गर्न, पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन विशेष महाधिवेशन गर्न आवाश्यक भएकोले केन्द्रीय समितिलाई विशेष महाधिवेशन गर्नका लागि माग गर्दै सुझाव  पठाएको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतामा बसेको बैठकमा जेनजी आन्दोलन पछि उत्पन्न परिस्थितिमा समयको माग यूवाहरुको चाहना र भावना अनुसार नेपाली कांग्रेसलाई पुस्तान्तरण र रुपान्तरण गर्न आवश्यक भएकोले अहिलेको प्रतिकुल अवस्थामा विशेष महाधिवेशन गरी पार्टीलाई नविनतम् ढंगले अगाडी बढाउन आवश्यक भएको पार्टीका पदाधिकारी तथा जिल्ला सदस्यहरु महासमिति सदस्य तथा महाविधेशन प्रतिनिधि र पार्टीका साथीहरुले सुझाव दिएकाले सोही अनुसार नेपाली कांग्रेस केन्द्रिय समितिमा पठाइएको नेपाली कांग्रेस धनकुटा कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले अहिले पार्टीलाई र देशलाई ठूलो संकट भएकोले अहिलेको नेतृत्वबाट पाटीलाई अगाडी बढाउन समस्या हुने भएकोले विशेष महाधिवेशन गरेर पार्टीलाई नया जोशका साथ अगाडी बढाउने पर्ने धारणा राखे । उनले नेतृत्व परिवर्नतन अहिलेको आवश्यक भएको बताए ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जो बदलिन्छन् तिनले नेतृत्व दिन्छन् जो बदलिन्दैन्न उनी विदा दिन्छन, सिद्धिछन र पतन पनि हुन्छन् भने । उनले पार्टी, सरकार लगायत राज्यको हरेक तह तथा निकाय, समाजमा पुस्तान्तरण र रुपान्तरण गरी नयाँ नेतृत्व आउनु पर्ने आवश्यक भएको वताए ।

नेपाली कांग्रेस पार्टीको आगामी रणनीतिको वारेमा सुझाव दिने सम्वन्धमा छलफल गर्दा अहिलेको विषम परिस्थितिमा पार्टी संगठनलाई अगाडी बढाउन कठिन हुने भएकोले नविनतम ढंगबाट पार्टी संगठन विस्तार तथा सुदृढीकरण गर्नका लागी विशेष महाधिवेशन अबिलम्ब बोलाउन केन्द्रिय समितिलाई सुझाव सहित अनुरोध गर्ने निर्णय  गरेको हो ।

नेपाली कांग्रेस धनकुटाको बैठकले जेन जी आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्नु हुने योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गरी सम्मान गर्न र घाईतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न, सहिद परिवार र घाईतेहरुलाई जीवन निर्वाहका लागी तत्काल राहत उपलब्ध गराउन, दीर्घकालिन रुपमा रोजगारको व्यवस्था गर्न सरकार समक्ष माग गर्ने निर्णय  गरेको छ ।

यसैगरी जीवन उत्सर्ग गर्नु हुने योद्धाहरुप्रति सम्मान सहित श्रद्धाञ्जली अर्पण गर्ने, शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्ने र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय  समेत धनकुटा कांग्रेसले गरेको छ ।

जेन जी आन्दोलनका मागहरु जायज भएता पनि आन्दोलनको क्रममा घुसपैठ भई सामरिक महत्वको सिंहदरवार, सर्वोच्व अदालत लगायत दर्जनौ सरकारी तथा निजी भवनहरु, व्यापारिक प्रतिष्ठानहरुमा आगजनी तथा तोडफोड गरी खर्वौ रुपैयाको धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै घुस पैठ भई ध्वस्त गरिएको भौतिक संरचनाहरुको घटना प्रति घोर भत्सना गर्ने जिल्ला समितिको बैठकले  निर्णय  गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

जेन जी आन्दोलनको क्रममा घुसपैठ भई नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा , केन्द्रिय सदस्य आरजु राणा देउवा र अन्य नेताहरु माथि भएको आक्रमण तथा दुव्र्यवहार भएको घट्ना प्रति निन्दा र भत्र्सना गर्दै सभापति देउवा र घाइते नेताहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय  पनि बैठकले गरेको छ ।

जेन जी आन्दोलनको क्रममा क्षति भएको केन्द्रीय समितिबाट माग भएबमोजिम धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा  आन्दोलनको क्रममा त्यहाको आन्दोलनकारीहरुले नेपाली कांग्रेसको नगर कार्य समितिको वोर्ड लगेर फिर्ता गरेको र नेकपा एमालेको नगर कमिटिको कार्यालयमा समान्य क्षति पुयाएको घट्नाको केन्द्रिय कार्यालयमा जानकारीका लागी पठाउने निर्णय  समेत गरेको छ ।

जेन जी आन्दोलनको क्रममा गतअसोज २३ गते तत्कालीन् सरकारद्वारा अत्याधिक बल प्रयोग  गरी ठूलो धनजनको क्षति भएको घटनाको र असोज २४ गते देशको राजधानी काठमाडाै‌ं लगायत विभिन्न जिल्लाहरुमा भएको भौतिक संरचनामाथि भएको आगजनी तोडफोड लगायतका क्षति लुटपाटको घट्नाको निष्पक्ष शक्तिशाली छानविन आयोग गठन गरी दोषीलाई कडा कार्वाहीको माग गर्ने निर्णय नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिको बैठकले गरेको छ ।

उक्त बैठकले अहिलेको विषम उपस्थितिमा पार्टीका साथीहरु लगायत सवैमा धैर्य संयम र पूर्ण एकता कायम गरी विचलित तथा हतोत्साहित  नभई  उच्च मनोवल कायम गरी नेपालको पुनर्निमाणमा जुट्न सवैलाई अपिल गर्ने निर्णय  गरेको छ ।

जेन जी आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्नु हुने योद्धाहरु प्रति सम्मान सहित श्रद्धाञ्जली अर्पण गर्न, शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्न र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न धनकुटाको चुवाको वोट स्थित ग्रीन पार्कमा दीपप्रज्वलन गर्ने  र धनकुटा जिल्लाको अन्य पालिकाहरुमा पनि दीपप्रज्वलन कार्यक्रम गर्ने निर्णय  गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव जयन्द्र घिसिगले जानकारी दिए ।

नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिको बैठकमा सभापति दिनेश राई, उपसभापतिद्वय निर्मलप्रसाद ओझा, सुनिल कुमार डंगोल, सचिवद्वय विजय सन्तोषी राई, जयन्द्र घिसिङ, सहसचिवद्वय रोशन श्रेष्ठ, गिरिजा प्रसाद दाहाल, कोषाध्यक्ष सरस्वती मगर तामाङ, पाख्रिवास नगपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राया, साँगुरीगढी गाउँपालिका अध्यक्ष तथा क्षेत्रीय सभापति जितेन्द्र राई, छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा, महासमिति सदस्यहरु लिला सुब्बा, नविन किशोर शाक्य, सुमना तिम्सिना, सिता प्रधान, नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलकबहादुर महत, पाख्रिवासका सभापति प्रेम भण्डारी, साँगुरीगढी गाउँपालिका सभापति नेपालधन राई लगायत पार्टीका नेताहरु, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा सभापतिहरु, पालिका सभापतlहरु, वडाध्यक्षहरु, पालिका सभापतlहरु पार्टी संगठनको लगायत अहिलेका विद्यमान परिस्थितिको विषयमा आ-आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी गण्डकी प्रदेशमा पनि क्षेत्रीय समितिका अध्यक्षहरुको भेलाले विशेष महाअधिवेशन तत्काल नबोलाए सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए
काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए
  • २०८२ आश्विन ८, १९: २९

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौंको प्रहरी जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो ।...

पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा
पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा
  • २०८२ आश्विन ८, १९: २९

कास्की : नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी...

नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा पक्राउ
नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा पक्राउ
  • २०८२ आश्विन ८, १९: २९

काठमाडौं : शिवशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका तत्कालीन सञ्चालक सहकारी ठगीका आरोपी केदारनाथ शर्मालाई आज प्रहरीले पक्राउ गरेको छ...