कास्की : नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी प्रदेश कार्यालयको परिसरमा पम्प बनाएको हो ।
सो पम्पबाट आजदेखि पेट्रोल र डिजेल बिक्रीवितरण सुरु गरिएको गरिएको प्रहरी प्रदेश कार्यालयका पोखराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
“प्रहरी कल्याण कोषबाट स्थापित पम्पबाट नियमित रुपमा इन्धन बिक्री वितरण सुरु गरेका छौँ । नेपाल आयल निगमले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेका छौँ, यहाँबाट २४सै घण्टा नै सेवा दिनेछौँ”, उनले भने ।
नेपाल प्रहरीको यो पम्प गण्डकीमा दोस्रो हो । यसअघि नवलपरासीमा प्रहरीले पेट्रोल पम्प चलाएको छ ।
सूचना अधिकारी सापकोटाका अनुसार रु नौ करोड ९६ लाख ६५ हजार लागतमा पेट्रोल पम्प निर्माण गरिएको हो । पम्प निर्माण कार्य एक वर्षअघि सुरु भएको थियो । पम्प निर्माणको जिम्मा ‘एनसी अल्फा हेक्स तेजस्वी जेभी’ले पाएको थियो ।
नागरिक समाजको विरोधका कारण केही समय पम्प निर्माण रोकिएको थियो । सरकारी कार्यालय रहेको क्षेत्रमा पम्प निर्माण गर्न नहुने भन्दै नागरिक समाजकातर्फबाट अदालतमा रिट दाएर भएको थियो । पछि अदालतले सो रिट खारेज गरेपछि निर्माण कार्य पुनःसुरु भएको थियो ।
काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौंको प्रहरी जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो ।...
धनकुटा : नेपाली कांग्रेस धनकुटाको बैठकले अहिलेको परिस्थितिमा मुलुकको समस्या समाधान गर्न, पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन विशेष महाधिवेशन...
काठमाडौं : शिवशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका तत्कालीन सञ्चालक सहकारी ठगीका आरोपी केदारनाथ शर्मालाई आज प्रहरीले पक्राउ गरेको छ...