सुमन सौरभको नयाँ लघुकथा कृति ‘रे’ लोकार्पित – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

सुमन सौरभको नयाँ लघुकथा कृति ‘रे’ लोकार्पित

काठमाडौं। चर्चित लघुकथाकार सुमन सौरभको नवोदित लघुकथाकृति ‘रे ‘को मंगलबार लोकार्पण गरिएको छ ।ठमेलमा एक कार्यक्रम विच ‘रे’ को प्रा.डा.लक्ष्मणप्रसाद गौतम,वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,स्रष्टा सुमन सौरभ,कवि नरेन्द्रकुमार नगरकोटी,तुलसीहरि कोइराला लगायतले लोकार्पण गरेका हुन् ।पृथक धारमा लघुकथा सृजना गर्ने सुमनको यो छैठौं लघुकथा कृति हो ।

प्रा.डा.गौतमले बौद्धिक लघुकथाकारको रुपमा सुमनको लघुकथाकारिताको चर्चा गरे । उनले लघुकथा लेखनीमा बौद्धिकता चूनौतिपूर्ण हुने भन्दै उनले लघुकथाको भीडमा टाढैबाट चिनिने नामको रुपमा सुमन सौरभ भएको बताए ।
अर्का वक्ता रोदनले जे लेखेपनि हुने भ्रमबाट मुक्त भएर पहिलेदेखि लघुकथामा हस्तक्षेपपूर्ण उपस्थिति गर्ने व्यक्तिको रुपमा सुमनलाई पाएको बताए । उनले ‘रे’ले लघुकथामा जवरजस्ती हस्तक्षेप गर्नसक्ने बताए ।
कलम प्रकाशनका नगरकोटीले शक्तिशाली लेखकको रुपमा सुमनलाई आफुले पाएको बताए । साथै ‘रे’ नेपाली लघुकथाको निम्ति महत्वपूर्ण कृति भएको बताउँदै कृति प्रकाशनका विभिन्न पक्षहरु बारे जानकारी दिए ।
‘रे’ का स्रष्टा सुमनले आत्मसन्तुष्टीको लागि लेख्ने गरेको बताउँदै सङ्ग्रहको रचना गर्भ बारे बोले ।

लघुकथा समाज,नेपालको आयोजनामा भएको उक्त कार्यक्रम समाजका अध्यक्ष तुलसीहरि कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रममा छविरमण सिलवालको सञ्चालन र सुषमा चित्रकारले स्वागत मन्तव्य राखेका थिए ।यो कृतिलाई कलम प्रकाशनले वजारमा ल्याएको हो ।

सम्बन्धित समाचार

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०८२ आश्विन ८, ०८: ५८

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...

देबि घिमिरेको मनझोलि लोकार्पण
देबि घिमिरेको मनझोलि लोकार्पण
  • २०८२ आश्विन ८, ०८: ५८

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...

नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
  • २०८२ आश्विन ८, ०८: ५८

ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...