तलेजु भवानी मन्दिर सबैका लागि खुला, भक्तजनको बिहानैदेखि भीड – Naya Bikalpa
October 1, 2025, Wednesday      Epaper

तलेजु भवानी मन्दिर सबैका लागि खुला, भक्तजनको बिहानैदेखि भीड

काठमाडौं : प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न बुधबार तलेजु मन्दिरर खुला गरिएको छ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज लाखौं भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन्।

तलेजु मन्दिर बिहानैदेखि खुला रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए।

तलेजु भवानीलाई भने फूलपातीकै दिन सोमबार हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ।

सम्बन्धित समाचार

दसैंमा ६ लाख ११ हजार बढीले छाडे काठमाडौं
दसैंमा ६ लाख ११ हजार बढीले छाडे काठमाडौं
  • २०८२ आश्विन १५, ०७: २६

काठमाडौं : दसैंको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका...

ढिस्कोले पुरिएर चार जनाको मृत्यु
ढिस्कोले पुरिएर चार जनाको मृत्यु
  • २०८२ आश्विन १५, ०७: २६

सर्लाही : जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा...

सुनसान प्रायः छ काठमाडौं
सुनसान प्रायः छ काठमाडौं
  • २०८२ आश्विन १५, ०७: २६

काठमाडौं : हाल काठमाडौंका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज...