ढिस्कोले पुरिएर चार जनाको मृत्यु – Naya Bikalpa
October 1, 2025, Wednesday      Epaper

ढिस्कोले पुरिएर चार जनाको मृत्यु

सर्लाही : जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ ।

हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए ।

ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएका थिए । अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका उनले बताए ।

सम्बन्धित समाचार

दसैंमा ६ लाख ११ हजार बढीले छाडे काठमाडौं
दसैंमा ६ लाख ११ हजार बढीले छाडे काठमाडौं
  • २०८२ आश्विन १५, १४: ३५

काठमाडौं : दसैंको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका...

सुनसान प्रायः छ काठमाडौं
सुनसान प्रायः छ काठमाडौं
  • २०८२ आश्विन १५, १४: ३५

काठमाडौं : हाल काठमाडौंका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज...

‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन’
‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन’
  • २०८२ आश्विन १५, १४: ३५

भरतपुर : बडादसैँको नवौँ दिन आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ । दसैँ सुरु...