अझै हिजो सत्तामा रहेका नेताहरूको अहंकार घटेन : प्रचण्ड – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

अझै हिजो सत्तामा रहेका नेताहरूको अहंकार घटेन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि पनि हिजो सत्तामा रहेकाहरूको अहंकार अझै नगएको देख्दा दुख लागेको बताएका छन् ।

काठमाडौंमा सम्पादकहरूसँगको संवादमा प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीलाई सङ्केत गर्दै अझै सत्तामा हुँदाजस्तै अहंकार देखाएको बताए ।

उनले भने, ‘हिजो सत्ताको नेतृत्व गर्ने पार्टीका साथीहरूको अहंकार अझै गएको छैन । जनताको भावना र आवश्यकतालाई भन्दा आफ्नो मनोगत अहंकार नै आत्मरति गर्ने प्रवृत्ति अझै पनि देखिनु यो देशका लागि कम दुर्भाग्य होइन ।’

उनले यो घटनापछि आफूहरूले जेनजी युवाहरूको मागलाई सम्बोधन गर्ने गरी पार्टीले मार्गचित्र तय गरेको पनि बताए । जेनजीहरूको मागमा माओवादीले समर्थन गरेको बताए ।

उनले विगतमा सत्तामा हुँदा कांग्रेस एमालेले सत्ताको अहंकार देखाएकै कारणले अहिलेको परिस्थिति आएको औँल्याए । यस्तो परिस्थिति आउनसक्ने भन्दै सरकारलाई आफूहरूले निरन्तर खबरदारी गराउँदा पनि नसुनेको बताए ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०८२ आश्विन २४, १४: ०३

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०८२ आश्विन २४, १४: ०३

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०८२ आश्विन २४, १४: ०३

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...