अझै हिजो सत्तामा रहेका नेताहरूको अहंकार घटेन : प्रचण्ड – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

अझै हिजो सत्तामा रहेका नेताहरूको अहंकार घटेन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि पनि हिजो सत्तामा रहेकाहरूको अहंकार अझै नगएको देख्दा दुख लागेको बताएका छन् ।

काठमाडौंमा सम्पादकहरूसँगको संवादमा प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीलाई सङ्केत गर्दै अझै सत्तामा हुँदाजस्तै अहंकार देखाएको बताए ।

उनले भने, ‘हिजो सत्ताको नेतृत्व गर्ने पार्टीका साथीहरूको अहंकार अझै गएको छैन । जनताको भावना र आवश्यकतालाई भन्दा आफ्नो मनोगत अहंकार नै आत्मरति गर्ने प्रवृत्ति अझै पनि देखिनु यो देशका लागि कम दुर्भाग्य होइन ।’

उनले यो घटनापछि आफूहरूले जेनजी युवाहरूको मागलाई सम्बोधन गर्ने गरी पार्टीले मार्गचित्र तय गरेको पनि बताए । जेनजीहरूको मागमा माओवादीले समर्थन गरेको बताए ।

उनले विगतमा सत्तामा हुँदा कांग्रेस एमालेले सत्ताको अहंकार देखाएकै कारणले अहिलेको परिस्थिति आएको औँल्याए । यस्तो परिस्थिति आउनसक्ने भन्दै सरकारलाई आफूहरूले निरन्तर खबरदारी गराउँदा पनि नसुनेको बताए ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८२ आश्विन २४, १४: ०३

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८२ आश्विन २४, १४: ०३

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८२ आश्विन २४, १४: ०३

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...