काठमाडौं : धितोपत्र बोडले जलविद्युत् कम्पनीहरूको आइपिओ तथा राइट सेयर निष्कासन नगरिदिँदा निजी लगानीमा गम्भीर असर परेको निजी क्षेत्रले जनाएको छ ।
निजी क्षेत्रका जलविद्युत् कम्पनीहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले २८ महिनादेखि बोर्डले जलविद्युत कम्पनीहरूको आइपिओ तथा राइट सेयर निष्कासन रोकेर राखेको जानकारी दिएको छ ।
जलविद्युत् आयोजनाको सेयर निष्कासन आयोजना निर्माणको क्रममा नै हुनेगरी तत्काल अगाडि बढाउन बोर्ड र सरकारलाई आग्रह गरेपनि सरकारले बेवास्ता गरेको इप्पानको गुनासो छ । इप्पानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बोर्डले तत्काल सेयर निष्कानको व्यवस्था नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
इप्पानका अनुसार हालसम्म करिब ९ सय ७५ मेगावाट क्षमताका ४३ जलविद्युत् कम्पनी आइपिओका लागि पाइपलाइनमा रहेका छन् भने ७ कम्पनीले राइट सेयर निष्कासन गर्न सकेका छैनन् । यसका कारण करिब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासन रोकिएको र १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति भएको इप्पानको दाबी छ ।
सेयर निष्कासन नभएका कारण कम्पनीहरूले ब्याजमा १२ अर्ब ४० करोड रुपैयाँ अतिरिक्त तिर्नुपरेको र ७१ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमेको इप्पानको भनाइ छ । इप्पानका अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल र उर्जामन्त्री कुलमान घिसिङलाई आफूहरुको समस्याको बारेमा जानकारी गराइसकेको बताए ।
उनले पछिल्लो समय निःशुल्क सेयर समेत माग्न थालेको कुरा गृहमन्त्री ओमप्रकाश अर्याललाई जानकारी गराएको बताए । इप्पालने धितोपत्र बोर्डलाई पटक-पटक आइपिओ निष्कासनका लागि पत्र लेखेपनि नटेरेको उनले बताए ।
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनवत्ती तथा...
काठमाडौं : उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि...
काठमाडौं : नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको उपाधि हात पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा...