काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता गणेश साहले पार्टी छाडेको घोषणा गरेका छन् ।
हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा बोल्दै साहले पार्टीमात्र नभई राजनीतिबाटै अवकाश लिएको घोषणा गरेका हुन् ।
‘७५ वर्षको भएँ । माओवादी केन्द्रबाट म अलग भएँ । आगामी दिनमा कुनै पनि राजनीतिक पार्टीमा क्रियाशील हुने छैन,’ उनले भने ।
उनी पूर्व विज्ञान तथा प्रविधिमन्त्री पनि हुन् ।
एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका साह पार्टीको विघटित केन्द्रीय समितिमा सचिव थिए ।
माओवादीको केन्द्रीय समिति भंग भई महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ ।
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनवत्ती तथा...
काठमाडौं : उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि...
काठमाडौं : नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको उपाधि हात पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा...