निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल – Naya Bikalpa
October 18, 2025, Saturday      Epaper

निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ ।

आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आशन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।

छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्र का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कविन्द्र बुर्लाकोटी, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत अन्य दलका प्रतिनिधि छन् ।

छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरे ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको थियो ।

सम्बन्धित समाचार

काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह
काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह
  • २०८२ आश्विन ३०, १२: २७

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनवत्ती तथा...

आजदेखि सुरु भयो तिहार
आजदेखि सुरु भयो तिहार
  • २०८२ आश्विन ३०, १२: २७

काठमाडौं : उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि...

नेपाल अपराजित रहँदै टी-२० विश्वकप छनोट च्याम्पियन
नेपाल अपराजित रहँदै टी-२० विश्वकप छनोट च्याम्पियन
  • २०८२ आश्विन ३०, १२: २७

काठमाडौं : नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको उपाधि हात पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा...