
काठमाडौं । मानव सेवा भावले विश्वभरि फैलिएको लायन्स क्लब अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ एफमा रहेको लायन्स क्लब अफ नेपाल जर्नालिस्टले मानव कल्याण समाजमा रहेको बालघरमा खाद्यान्न सामग्री वितरण गरेको छ ।
लायन्स क्लब अफ अन्तर्राष्ट्रियले यही २०२६ जनवरी ३ तारिकदेखि ११ तारिखसम्मलाई हङ्गर रिलिफ कार्यक्रम गर्ने कार्यतालिका अनुसार नेपाल जर्नालिष्ट क्लबले काभ्रे जिल्लाको पनौतीमा रहेको मानव कल्याण समाजमा रहेको बालघरमा यही जनवरी ३ तारिखका दिन कार्यक्रम गरेको हो ।

लायन्स क्लब अफ नेपाल जर्नालिष्टले विगत ४ वर्षदेखि लगातार सो कार्यक्रमलाई निरन्तरता दिँदै आएको हुँदा क्लब प्रेसिडेन्ट रिता ढकालको जन्मदिन उक्त बालघरमा नै मनाउने र सक्दो सहयोग पनि गर्दै आएको छ ।
काभ्रेको पनौतीमा रहेको मानवसेवा समाजले विभिन्न स्थानको सडकपेटी, पाटीपौवा तथा खोलानालमा बेवारिसे अवस्थामा फेला परेका स–साना बालबालिकालाइ उद्दार गरी बालघरमा ल्याएर उनीहरुको पालन पोषण गर्दै आएको छ ।

यतिबेला बालघरमा ३३ जना त्यस्ता बेवारिसे बच्चाहरु बालघरको हेरचाहमा पठनपाठनदेखि पालनपोषण समेत भइरहेको छ । ती अनाथ बालबालिकाको हेरचाह, औषधिमुलोदेखि लत्ताकपडा जुटाउन उक्त समाजले निकै मिहनेत गरिरहेको हुँदा जे जति सामग्री हुनसक्छ सहयोग गर्ने उद्देश्यले क्लबका प्रेसिडेन्ट रिता ढकालले आफ्नै खर्चमा चामल दाल, नुन, तेल, विस्कुट बडीलोसन लगायतका सामग्रीहरु बालघरलाई हस्तान्तरण गरिएको हो । उक्त मानवसेवा समाजको संरक्षक ‘सुमि’ मानव रहेकी छिन् । उनले निकै लामो समयदेखि उक्त समाजलाई सम्पूर्णरुपले सेवा प्रदान गर्दै ती बालबच्चाको आमाको भूमिका निभाउँदै आएकी छिन् ।
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले ३२ क्षेत्रका लागि उम्मेदवारको...
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले कर्णाली, सुदूरपश्चिमलगायतका टाढाका जिल्लाका लागि उम्मेदवारको...