विप्लव लक्ष विमुख भएकाे आराेप लगाउँदै, जिल्ला अध्यक्ष र उपाध्यक्षले प्रहरी समक्ष आत्म समर्पण गरे – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

विप्लव लक्ष विमुख भएकाे आराेप लगाउँदै, जिल्ला अध्यक्ष र उपाध्यक्षले प्रहरी समक्ष आत्म समर्पण गरे


नयाँ विकल्प,

काठमाडाैं- विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका दुई नेताले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

आत्मसमर्पण गर्नेमा विप्लव नेतृत्वकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारी (विप्लव)का जिल्ला अध्यक्ष कमलामाई नगरपालिका– २ निबुवाटार स्थायी ठेगाना भएका सविन श्रेष्ठ र जिल्ला उपाध्यक्ष तीनपाटन गाउँपालिका– ५ सहरे स्थायी ठेगाना भएका होमबहादुर सार्की रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।

दुवै जनाले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा प्रमुख जिल्ला अधिकारी याेगेन्द्र प्रसाद पाण्डे र सुरक्षा निकायका प्रमुखसमक्ष आत्मसमर्पण गरेका हुन् ।

दुवै जनालाइ जिल्ला अदालत सिन्धुलीले धराैटीमा रिहा गर्न आदेश गरेकाे छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले दुवैजानाले विप्लव समुहसंग आगामी दिनमा कुनै पनि संलग्नता नरहने प्रतिवद्दता समेत ब्यक्त गरेका छन् ।

पाण्डेले आत्मसमर्पण गरेका उनिहरूले विगतमा गरेका गल्ती स्वीकार गर्दै अब उप्रान्त कुनै पनि प्रतिबन्धित कार्य नगर्ने तथा राज्य विरुद्धको गतिविधिमा संलग्न नहुने प्रतिबद्धता जाहेर गरेका छन् ।

विगतमा केही गल्ती–कमजोरी गरेकाले त्यसको पश्चात्ताप गर्न अहिले आत्मसमर्पण गरेको उनीहरूले प्रशासन समक्षा बताएकाे पाण्डेले बताए ।

शिक्षा क्षेत्रमा भइरहेका विकृति अन्य र शिक्षा सुधारकाे लक्ष सहित नेकपाको राजनीतिमा सक्रिय भएको तर पार्टीको सिद्धान्त विपरित अगाडि बढेपछि परित्याग गरेकाे उनिहरूले बताएक छन् ।

दुवैजनामाथी राज्य विरूद्दकाे अभियाेग लागे पनि गम्भिर अपधामा संलग्न नरहेकाले अदालतले समान्य धराैटिमा रिहा गरेकाे हाे ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ भाद्र २१, १७: २३

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७७ भाद्र २१, १७: २३

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७७ भाद्र २१, १७: २३

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...