वितृष्णालाई आशामा बदल्न राजनीतिक दलमा आत्मसुधार आवश्यक : उपसभापति शर्मा – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

वितृष्णालाई आशामा बदल्न राजनीतिक दलमा आत्मसुधार आवश्यक : उपसभापति शर्मा

भैरहवा : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको राजनीतिक अवस्थालाई सुधार गर्दै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताएका छन्।

आज यहाँ भैरहवामा आयोजित पार्टी सदस्य भेटघाट कार्यक्रममा उनले राजनीतिप्रतिको बढ्दो वितृष्णालाई आशामा बदल्न राजनीतिक दलहरू आत्मसुधारमा लाग्नुपर्ने र त्यसको सुरुआत कांग्रेसले गरिसकेको बताए ।

उपसभापति शर्माले विगतका राजनीतिक परिवर्तनमा कांग्रेसको भूमिका स्मरण गर्दै अब सुशासन र विकासको नेतृत्व गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताए । “तरल राजनीतिक परिस्थितिमा संयमित भएर जनताका मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ । सत्ता केन्द्रित सोचभन्दा माथि उठेर नागरिकको जीवनस्तर सुधारतर्फ ध्यान दिन जरुरी छ । यसका लागि कांग्रेसले सङ्कल्प गरिसकेको छ”, उनले भने ।

पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिँदै उपसभापति शर्माले गुटबन्दी त्यागेर टोलस्तरसम्म पुगेर जनताको गुनासा सुन्न र समाधानको प्रतिज्ञा गर्न आग्रह गरे । उनले मुलुकको आर्थिक सङ्कट र युवा पुस्तामा देखिएको नैराश्यताप्रति चिन्ता व्यक्त गर्दै नीतिगत सुधारको आवश्यकता औँल्याए । सत्ता समीकरणका खेलहरूभन्दा माथि उठेर जनताको जीविकोपार्जनमा सुधार ल्याउने गरी सरकारले काम गर्नुपर्ने र त्यसमा कांग्रेसले स्पष्ट दृष्टिकोण अगाडि सारेर काम गर्ने प्रतिबद्धता जनाए ।

नेता बालकृष्ण खाणले संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती देखिएको उल्लेख गर्दै यसको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्ने बताए । “संविधान र प्रजातन्त्रको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी कांग्रेसको हो । विगतमा देशको हितमा गरेका कामको निरन्तरता र नयाँ सुधारका काम अगाडि सार्दै पार्टीले देशको नेतृत्व गर्नेछ”, उनले भने ।

कार्यक्रममा रुपन्देही क्षेत्र नं १ का प्रतिनिभिसभा सदस्य उम्मेदवार हीराबहादुर खत्री, क्षेत्र नं २ का चुन्नप्रसाद पाण्डे, क्षेत्र नं ३ का सुशील गुरुङ, क्षेत्र नं ४ का आशुतोष मिश्र, क्षेत्र नं ५ का भरतकुमार शाहलगायत वक्ताहरूले सङ्गठन सुदृढीकरण, सुशासन र लोकतान्त्रिक मूल्यको संरक्षणलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित समाचार

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
  • २०८२ माघ २९, १९: १८

एजेन्सी : भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक विज्ञप्ति जारी...

सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक (पूर्णपाठ)
सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक (पूर्णपाठ)
  • २०८२ माघ २९, १९: १८

काठमाडौं : सरकारले शासकीय सुधार तथा दीर्घकालीन नीति समन्वयलाई लक्षित गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदामाथि...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
  • २०८२ माघ २९, १९: १८

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ । पार्टीका सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नो...